जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा देवघाट गाउँपालिकामा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम

images
  • 674
    SHARES
  • जेठ २०, २०८१ आइतबार
    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा देवघाट गाउँपालिकामा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम
    images

     देवघाट जेष्ठ २०

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँको आयोजनामा आज आइतबार देवघाट गाउँपालिकाको सभाहलमा विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सम्पन्न गरेका छन् ।

    447478429_438708378795782_4466977130910746985_n.jpg

    विद्यार्थी जीवनमा योग र ध्यान अति आवश्यक रहने भएको हुदाँ आज केही शिक्षक तथा व्यवस्थापन समितिका अध्यक्षको सहभागीता गराइ कार्यक्रम आयोजना गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँका डा.किरण चन्द्र पौडेलले बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले योग ध्यान मानवीय जीवनमा अति आवश्यक रहेको बताए ।

    447209735_438708428795777_5323552976649107977_n.jpg

    अध्यक्ष थापाले एक स्वास्थ र निरोगी मान्छे बन्नको लागि यी दुवै चिज आवश्यक छ भन्दै निरोगी बन्न सबैले हरेक बिहान दिनमा १ घण्टा जति समय निकालेर योगाअभ्यास गर्न आवश्यक छ भने । अब देवघाटको जतिपनि विद्यालय छ अब त्यसमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम तत्काल लैजाने अध्यक्ष थापाले बताए ।

    कार्यक्रममा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य,शिक्षा शाखा अधिकृत होमनाथ लामिछाने,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँका निरिक्षक बैद्य भोजहरी रानाभाट, शिक्षक शिक्षिका,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगाएतको सहभागी रहेको थियोे । नागरिक आरोग्य सेवा केन्द्र देवघाटमा बैद्य सुकुमाया गुरूङले कार्यक्रममा स्वागत मन्तव्य दिएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend