देवघाट जेष्ठ २३
हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराका साथ विश्व वातावरण दिवसमा आज बुधबार विहान कालिका सामुदायिक वनले ५० वटा बिरुवा रोपेका छन् ।

वनले हरेक वर्ष जस्तै यस वर्ष पनि त्यसै कार्यक्रम निरन्तरता दिदैँ वृक्षारोपण गरी विश्व वातावरण दिवस मनाएको वनका अध्यक्ष कृष्णराज न्यौपानेले बताए । वनले सय थान बास सहित पचास वटा बिरुवाहरू बेल,हर्ो र जामुनको बिरूवा वृक्षारोपण गरिएको हो ।

उक्त वृक्षारोपण कार्यक्रममा देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष पूर्ण बहादुर कुँवर,वडा सदस्य सरस्वती परियार,याम बहादुर मगर,सव-डिभिजन वन कार्यालय देवघाटका प्रमुख कृष्णप्रसाद भट्ट,सव-डिभिजन वन कार्यालयका प्राविधिक सागर चन्द्र ढकाल,मधुवन सामुदायिक वनका अध्यक्ष डिल्लीराम गिरी,चक्रवर्ती सामुदायिक वनका अध्यक्ष दिल बहादुर गुरूङ,देउती सामुदायिक वनका अध्यक्ष सुर्य न्यौपाने,सीता सामुदायिक वनका अध्यक्ष भानु न्यौपाने, महिला सञ्जालका अध्यक्ष राधादेवी खनाल,रानी सामुदायिक वनका सचिव इन्द्रा थापा मगर, कालिका सामुदायिक वनका पूर्व अध्यक्ष भोजराज नैनावस्ती लगाएत वनका समितिको सहभागीता रहेको थियोे । त्यस्तै गरी देवघाट लगाएत विभिन्न ठाउँमा आज वृक्षारोपण गरी विश्व वातावरण दिवस मनाइएको छ ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवसका रूपमा मनाइँदै आएको छ । सन् १९७२ मा स्वीडेनको राजधानी स्टकहोममा मानव वातावरणसम्बन्धी संयुक्त राष्ट्र सम्मेलनको पहिलो दिनमा उक्त सभाले डिजाइन गरेको यो दिवस सन् १९७४ देखि ‘मात्र एक पृथ्वी’ वा ‘वन्ली वन अर्थ’ नाराका साथ विश्वव्यापी उत्सव बनाइएको थियो । त्यसयता, विश्वका अन्य देशहरूमा पनि यस कार्यक्रमलाई विशेष प्राथमिकताका साथ मनाउन थालिएको छ ।




