देवघाट,
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ४ जोड्ने गाइघाट र भरतपुर २९ भोर्ले जोड्ने झोलुङ्गे पुललाई नजिकै ढुङ्गागिटी बालुवा जस्ता सामनाहरु डम्पिङ गर्दा र लोड अनलोड गर्दा क्षति पटकपटक क्षति पुर्याएको देवघाट ४ अध्यक्ष मित्रलाल गुरुङले बताएको छ।
साथै ४ वडा अध्यक्ष गुरुङले भरतपुर महानगर पालिका २९ नं. वडा कार्यालयका अध्यक्षलाई आवस्यक समन्वय गरिदिनका लागी आज परिपत्र समेत गरेको बताए। परिपत्रमा उल्लेख गरिएको कुरा: विषयः आवश्यक समन्वय गरिदिनुहुन ।
उपर्युक्त विषयमा देवघाट गाउँपालिका वडा नं. ४ गाइघाट र भरतपुर म.न.पा-२९ भोर्ले, चितवनको सिमानामा गाइघाट झोलुङ्गे पुलको चितवन तर्फ सञ्चालनमा आइरहेको महानगर बालुवा उद्योगले गिटी, बालुवा, ढुंगा जस्ता सामानहरू डम्पिङ गर्दै गर्दा लोड अनलोड गर्ने क्रममा पुलको लड्ठ्ठालाई पटक- पटक क्षति पुर्याई मानिसहरू आगमन गर्न समेत असहज भैरहेको हुँदा तहाँ कार्यालयबाट झोलुङ्गे पुलमा क्षति न्यूनीकरण गरी क्रसर सञ्चलन तथा व्यवस्थापनमा आवश्यक समन्वयका लागि पहल गरिदिनुहुन सादर अनुरोध छ ।



