देवघाट माघ ९ देवघाट गाउँपालिका वडा नम्बर-४ स्थित काफल डाँडामा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयमा बुधबार सारथी टुगेदर फर नेपाल जर्मनको आर्थिक सहयोगमा न्यानो कपडा तथा स्टेसनरी सामग्री वितरण गरेका छन् ।

सारथीले विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययनरत १ सय ४ जनालाई न्यानो कपडा सँगै स्टेसनरी वितरण गरिएको सारथी टुगेदर फर नेपाल जर्मन प्रतिनिधि नविन पुरीले बताए । उनले यस सँस्थाले नेपालका विभिन्न ठाउँमा रहेको विद्यालयमा विशुद्ध रूपमा सहयोग गर्दै आइरहेको छ र देवघाट-५ स्थित रहेको महादेव आधारभूत विद्यालय र बराहा आधारभूत विद्यालयलाई नमूना विद्यालय स्थापित गर्ने उद्देश्यले सहयोग गर्दै आइरहेको समेत जानकारी दिदैँ पहिलोपटक राष्ट्रिय माध्यमिक विद्यालयमा सहयोग लिएर आएको बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका उपाध्यक्ष भूवन सिं गुरूङले सारथी टुगेदरले देवघाट गाउँपालिकालाई शिक्षाको क्षेत्रम धेरै सहयोग गर्दै आइरहेको बताए । उनले देवघाट शाक्षा शाखाको तर्फबाट गर्नुपर्ने काम सारथीले पुरा गरेको बताउदैँ सारथीलाई धन्यवाद व्यक्त गरेका थिए । साथै आगमि दिनहरूमा पनि साथ र सहयोगको अपेक्षा राखेको गुरूङले बताए ।

उक्त कार्यक्रममा देवघाट गाउँपालिकाका शिक्षा शाखा अधिकृत होमनाथ लामिछाने,सारथी टुगेदर फर नेपालका प्रतिनिधि सपना पुरी, बराहा आधारभूत विद्यालयका प्रधानाध्यापक सोम थापा,वडा-४ सदस्य बुद्धिमान भुजेल,भू.पु.विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जोख बहादुर गुरूङ,विद्यालय व्यवस्थापन समितिका सदस्य गोपाल भूजेल,विद्यालयका प्रधानाध्यापक नवीन गुरूङ,शिक्षकहरू लगायत अभिभावकहरूको सहभागीता रहेको थियोे । सो कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र गुरूङको अध्यक्षतामा भएको थियोे ।



