देवघाटमा सूचना प्रविधि तथा कम्प्युटर सम्बन्धि ३ दिने तालिम सम्पन्न

images
  • 462
    SHARES
  • जेठ २५, २०८१ शुक्रबार
    देवघाटमा सूचना प्रविधि तथा कम्प्युटर सम्बन्धि ३ दिने तालिम सम्पन्न
    images

     देवघाट जेष्ठ २५

    देवघाट गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा सूचना प्रविधि तथा कम्प्युटर सम्बन्धि ३ दिने तालिम आज शुक्रबार सम्पन्न भएको छ । जेष्ठ २३ गतेदेखि सुरू भएको उक्त तालिम आज २५ गते सम्पन्न भएको हो ।

    उक्त तालिममा गाउँपालिकाका सूचना प्रविधि अधिकृत अरुण अधिकारी तथा शिक्षा शाखा प्रमुख होमनाथ लामिछाने,लेखा अधिकृत सरद न्यौपानेले सहजीकरण गरेका थिए भने तालिममा देवघाट गाउँपालिका भित्रका सबै ४० वटा संस्थागत,सामुदायिक तथा संस्कृत गुरुकुलका प्रधानाध्यापक र शिक्षकहरुको सहभागिता रहेको थियोे ।

    सो तालिमको समापन कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापा,प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य लगाएत उपस्थिति रहेको थियोे । भने शिक्षा शाखाका कर्मचारी शुभद्रा भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend