गलेश्वर आश्रम देवघाटधामको वार्षिकोत्सब तथा आश्रमका संस्थापक श्री ईश्वरानन्द ब्रहमचारी (गलेश्वर बाबा) को ४९ औ स्मृति सभामा विविध कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।

सो कार्यक्रम आज शनिबार आश्रम परिसरमा आश्रमका पीठाधीश अनन्तश्री विभुषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजको अध्यक्षता एवं प्रमुख अतिथि श्री महेश सन्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरिजी महाराज,नेपाल सन्त समाजका अध्यक्ष एवं श्री हरिहर सन्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराज,विशिष्ट अतिथिहरु तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम,चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,विशिष्ट सन्त महात्मा हरु भूमि आयोगका अध्यक्ष बद्री तिमिल्सिना,वरिष्ठ समाजसेवी टंकनाथ पौडेल,सुरक्षा प्रमुखहरु आश्रमका संचालक समितिका पदाधिकारीहरु,विभिन्न संस्कृत गुरुकुलका प्राचार्य गुरुवर्गहरु लगाएतको उपस्थिति रहेको थियो ।

स्मृति सभाको अवसरमा आश्रमले आश्रम परिसरमा मानव कल्याणका लागि लियो क्लब अफ देवघाट चौतारीको सहयोग र रक्त संचार केन्द्र भरतपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

भने कार्यक्रमको समापन पश्चात् विशाल भण्डाराको आयोजना गरिएको थियो । उक्त कार्यक्रम श्री वेदवेदाङ्ग संस्कृत विद्यापीठका सहायक प्राचार्य जगदीश प्याकुरेलले सहजीकरण गर्नु भएको थियो ।




