देवघाटका सामुदायिक विद्यालयहरूको अभियान "हामी सुधार्छौ,हाम्रो विद्यालय"

images
  • 553
    SHARES
  • आषाढ १, २०८१ शुक्रबार
    देवघाटका सामुदायिक विद्यालयहरूको अभियान "हामी सुधार्छौ,हाम्रो विद्यालय"
    images

    देवघाट जेष्ठ ३२

    तनहुँको देवघाट गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरू"हामी सुधार्छौ हाम्रो विद्यालय" भन्ने अभियानका साथ अघि बढेका छन् ।

    448218919_445647744768512_4648690386142197834_n.jpg

    आज शुक्रबार सामुदायिक विद्यालय व्यवस्थापन समिति महासँघ नेपाल गाउँ कार्य समिति देवघाटको आयोजनामा आयोजित"हामी सुधार्छौ हाम्रो विद्यालय "कार्यक्रम अति प्रभावकारी भएको भन्दै शिक्षकहरू सो अभियानलाई आत्मासात गर्दै आ-आफ्नो विद्यालयमा भएका कमिकमजोरीलाई सुधार गर्दै अगाडि बढ्ने प्रतिवद्वता गरेका छन् । सामुदायिक विद्यालयहरू पनि प्राइभेट विद्यालय सरह हुन सक्छ भन्ने प्रष्टयाउनको लागि शिक्षकहरू अगाडि बढेका हुन् ।

    448437076_445648854768401_8122708136288737162_n.jpg

    सोहि विषयमा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले शिक्षा क्षेत्रलाई गम्भीरताका साथ अगाडि बढाएको बताए । अध्यक्ष थापाले आफु शिक्षा क्षेत्रबाट प्रतिनिधिको रूपमा आएको हुदाँ पहिलो प्राथमिकता शिक्षालाई दिइदै आएको बताउदैँ शिक्षा क्षेत्रमा पालिकाले गर्नुपर्ने कामहरूमा कुनै कन्जुस्याइँ नहुने बताएका छन । साथै कार्यक्रममा हाल विद्यालयमा भएका समस्याहरू केके छन भनेर विद्यालयका प्रधानाध्यापकहरूले टिपोट प्रस्तुत गरेका थिए ।

    448183117_445647668101853_5159025989517547497_n.jpg

    मुख्यत हाल खानेपानी समस्या, शिक्षा दरबन्दी, विद्यालय व्यवस्थापन, विद्यालय निरिक्षण लगाएत विविध विषयमा समस्या रहेको विद्यालयका प्रधानाध्यापकहरूले प्रस्तुत गरेका थिए । सबैले आ-आफ्नो जिम्मेवारी पूरा गर्दै अगाडि बढ्यो भने सामुदायिक विद्यालय पनि प्राइभेट विद्यालय भन्दा कम स्तरको नहुने कार्यक्रममा कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रदेव तिवारीले बताए । देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले यस कार्यक्रमले देवघाटका सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षा ल्याउनको लागि सहयोग पुर्‍याउने बताए । देवघाट गाउँपालिका अब सामुदायिक विद्यालयलाई राम्रो बनाउन अर्को वर्षमा विद्यालय मर्च गरेर समेत अगाडि बढ्न बाध्य हुने उपाध्यक्ष गुरूङले बताएका छन् ।

    448240330_445648511435102_4220422945344843555_n.jpg

    त्यस्तै गरि देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले विद्यालय राम्रो बनाउन स्वम् आफैबाट सुरू गर्नुपर्छ भन्दै सम्पूर्ण शिक्षकहरूलाई आजैबाट अरूलाई नताकि आफैंबाट सकृय भएर अगाडि बढ्न अनुरोध गरेका थिए । विद्यालयले राम्रो अंक ल्याउन एकै पटकको प्रयासले हुदैन नि लगातारको मिहेनत र प्रयासले हुने बताउदैँ यस कार्यक्रमले सबै सामुदायिक विद्यालयलाई अगाडि बढ्न उर्जा मिल्ने आश व्यक्त गरेका थिए । देवघाटमा विकासका कामहरू भएता पनि शिक्षा क्षेत्रमा भने फड्को मार्न नसकेको शिक्षकहरूको भनाइ थियोे ।

    कार्यक्रममा पार्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु गिरीले भने अभिभावकहरूमा विस्तारै सामुदायिक विद्यालयप्रति आकर्षित हुदैँ गएको छ,अलि समय पछि सामुदायिक विद्यालयले राम्रो विद्यार्थी प्राप्त गरी सामुदायिक विद्यालयमा पनि राम्रो पढाइ हुन्छ भन्ने संकेत दिनेछ । आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक देउराम सारूले सामुदायिक विद्यालय व्यवस्थापन महासंघले निकै राम्रो कार्यक्रम एकदम राम्रो कार्यक्रम आयोजना गरिएको बताउदैँ विस्तारै अब सामुदायिक विद्यालयहरू माथि उठ्ने बताए । शिक्षक राजु थापाले भने नारा जति सुन्दर छ त्यसलाई कार्यान्वयन गर्न त्यो भन्दा धेरै चुनौती रहेको बताउदै गम्भीर भएर अगाडि बढ्नुपर्ने बताए ।

    सामुदायिक विद्यालय तल खस्किनुमा शिक्षकहरू कारण बनिरहेको छ त्यो मात्रै हैन कि एउटा घर राम्रो बन्नुमा घरमा सबै सदस्य उत्तिकै जिम्मेवारी भए जस्तै विद्यालयको पनि सबै विद्यालय परिवार जिम्मेवारी हुन्छ भन्दै जिम्मेवार बन्न समेत शिक्षक थापाले आग्रह समेत गरेका थिए ।

    उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन महासंघ देवघाटका उपाध्यक्ष नर बहादुर गुरूङले स्वागत मन्तव्य राखेका थिए भने सो कार्यक्रममा वडा-५ सदस्य बुद्धि बहादुर पाण्डे,सामुदायिक विद्यालय व्यवस्थापन महासंघ जिल्लाका अध्यक्ष विष्णुभक्त न्यौपाने,शिक्षा कर्मचारी शुभद्रा भट्टराई लगाएत देवघाट गाउँपालिका भरिका सामुदायिक विद्यालयका प्रधानाध्यापक,शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,विद्यालयका पिटिय अध्यक्षहरूले मन्तव्य राखेको थियोे भने सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल देवघाटका अध्यक्ष डा.सुरेन्द्र प्रसाद श्रेष्ठको अध्यक्ष भएको सो कार्यक्रम विद्यालय व्यवस्थापन समिति देवघाटका सचिव एलिजा अधिकारी क्षेत्रीले सञ्चालन गरेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend