देवघाट असार ४
देवघाट गाउँपालिकाको गाउँ सभा तथा चौधौँ अधिवेशन मंगलबार सम्पन्न भएको छ । आज भएको सो गाउँ सभा तथा अधिवेशनमा गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियोे ।

देवघाट गाउँपालिकाको गाउँ सभा तथा अधिवेशन सुरू भए लगत्तै सभासदहरूद्वारा विभिन्न विकास निर्माणको विषयहरूमा उठान भएको थियोे । देवघाट-५ सदस्य यम बहादुर मगरले विकास निर्माणको विषयमा किन ढिलासुस्ती हुन्छ र खेलकुदका विषयमा कुरा राखेका थिए,देवघाट-२ सदस्य यम बहादुर मगरले देवघाटमा होमस्टेलाई अलि बेवास्ता गरेको होमस्टेलाई प्राथमिकता नदिएको विषयमा उठान गरेका थिए ।

भने देवघाट-५ सदस्य सरस्वती परियारले दलितहरूको विषयमा र देवघाट-५ सदस्य बुद्धि बहादुर पाण्डेले विकास निर्माण सँगै खानेपानी लगाएत विभिन्न विषयमा प्रश्न गरेका थिए त्यस्तै गरि देवघाट-२ सदस्य नर बहादुर मगरले बाटोघाटो विषयमा र देवघाट-५ सदस्य कमला गुरूङले लगाएत अन्य सभासदहरूले उक्त सभामा समसामयिक विषयमा आफ्नो भनाइहरू प्रस्तुत गरेका थिए । उक्त गाउँ सभा तथा अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङद्वारा गाउँ सभाका सदस्यहरूले राखेको विषयमा प्रष्ट पार्नुभएको थियोे ।

आजको यस गाउँ सभा तथा चौधौँ अधिवेशनको पूर्णपाठ तल दिइएको छ ।
नीति तथा कार्यक्रम १४औँ अधिवेशन अन्तिम.pdf :To download file click here



