देवघाट असार ८
देवघाट वडा नम्बर-५ स्तरीय दलित समन्वय समितिको अध्यक्षमा अर्जुन परियार चयन भएको छ ।

आज शनिबार देवघाट गाउँपालिकाको सभाहलमा भएको समितिको ८ औँ अधिवेशनबाट परियार अध्यक्ष पदमा चयन भएको हो । अध्यक्ष पदमा अर्जुन परियार,उपाध्यक्ष पदमा चिजा परियार,सचिव पदमा सन्जु बि.क.कोषाध्यक्ष पदमा देवी परियार,सदस्य पदमा निर्मला बि.क,मनमायाँ नेपाली र गोरीमायाँ बि.क गरी सात सदस्यीय समिति गठन भएको छ ।



