देवघाट असार ८-
देवघाटमा दलित सचेतना सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
आज शनिबार देवघाट गाउँपालिकाको सभाहलमा भएको सो तालिम देवघाट वडा नम्बर- ५ स्तरीय दलित समन्वय समितिको आयोजना तथा देवघाट गाउँपालिकाको समन्वयमा भएको थियोे । सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले समाज परिवर्तन गर्नको लागि सोच परिवर्तन गर्नुपर्छ भन्दै हाम्रो समाजमा रहेको जातिय विभेद जस्ता बिक्रीतिलाई परिवर्तन गर्नुपर्छ भने । हाम्रो देवघाटमा मानिस जति शिक्षित भएतापनि थोरै मात्रामा अझै पनि यो जात त्यो जात भन्ने बिक्रति अझै छ अध्यक्ष थापा ।
अब त्यस्ता बिक्रितिलाई अन्त्य गर्नको लागि आफै अगाडि बढ्नुपर्ने बताउदैँ दलित समन्वय समितिलाई जुझारू रूपमा अगाडि बढ्न अनुरोध गरेका थिए । दलितहरू हरेक क्षेत्रमा पछाडि परेको छ, त्यसलाई कम गर्न र अगाडि ल्याउनको लागि सचेतना सम्बन्धी तालिम आयोजना गरिएको देवघाट क्षेत्र विकास समितिका सदस्य एवं देवघाट दलित समन्वय समितिका पूर्व अध्यक्ष सान बहादुर परियारले बताए ।
उक्त कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले भने "हामी दलित होईन कि, हाम्रो समाज दलित हो, सोचाइ दलित हो" हामी दलित समुदाय जन्म भयो भनेर निराश हुने हैन कि हामीले गर्भका साथ हामी दलित जाति हौँ भन्न सक्नुपर्छ तब मात्र हामीलाई हेर्ने समाज आफै परिवर्तन हुन्छ । आफैंले आफैलाई हेर्ने दृष्टिकोण फरक बनाउने हो भने हाम्रो समाजमा कोही दलित जात,कोही ठुलो जात, कोही सानो जात भन्ने विभेद नै रहदैन उपाध्यक्ष गुरूङ ।
प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्यले देवघाटमा जतिपनि जातजाति छन् सबैलाई एकैनासले बजेट विनियोजन गर्ने बताए । कुन जातजाति कति संख्यामा छ र उनिहरूलाई के के वस्तुहरू आवश्यक छ कुनै पनि भेदभाव नगरि त्यसको आधारमा पालिकाले बजेट दिदै आएको समेत आचार्यले जानकारी गराएका थिए ।
उक्त एकदिने तालिम देवघाट कृषि शाखा प्रमुख बल बहादुर सिकर्मी र देवघाट गाउँपालिका पर्यटन तथा विपद शाखा प्रमुख होम बहादुर भारतीले प्रशिक्षण दिनुभएको थियोे । धन बहादुर परियारले स्वागत मन्तव्य दिएको उक्त तालिममा दलित समुदायका २९ जनाको सहभागीता रहेको थियोे । भने समितिका अध्यक्ष राजु दर्जीले कार्यक्रम सञ्चालन गर्नु भएको थियोे ।



