देवघाट गाउँपालिकाले ल्यायो: ४५ करोड ५८ लाखको बजेट (पूर्णपाठसहित)

images
  • 614
    SHARES
  • आषाढ ११, २०८१ सोमबार
    देवघाट गाउँपालिकाले ल्यायो: ४५ करोड ५८ लाखको बजेट (पूर्णपाठसहित)
    images

    देवघाट असार १०

    तनहुँको देवघाट गाउँपालिकाले आगमी आर्थिक वर्ष २०८१/०८२ का लागि ४५ करोड ५८ लाख ८८ हजार ५ सय रूपैयाँको बजेट पेस गरेको छ । गाउँपालिकाको गाउँ सभा तथा चौधौँ अधिवेशनमा पालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले बजेट पेस गर्नुभएको हो । गाउँपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को लागि तर्जुमा भएको नीति तथा कार्यक्रम अनुसार वार्षिक विकास योजना,कार्यक्रम तथा बजेट तर्जुमा भएको छ ।

    448856169_451563400843613_2742623139922308078_n.jpg

    “समुन्नत देवघाटको आधारः धार्मिक पर्यटन, कृषि र सम्पन्न पूर्वाधार“ अभियानलाई साकार पार्ने गरी बजेटलाई केन्द्रित गरिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले बताएका थिए । बस्ती तथा टोलस्तरबाट प्राप्त सुझाव तथा आयोजना र कार्यक्रमलाई सम्बोधन हुने गरी वडा समितिबाट प्राथमिकता निर्धारण गरी प्राप्त भएका कार्यक्रमलाई बजेटमा समेटि आर्थिक विकासलाई उच्च प्राथमिकता दिई भौतिक पूर्वाधार विकास, सामाजिक विकास, वन, वातावरण तथा सुशासन र संस्थागत विकासको लागि बजेट केन्द्रित गरिएको अध्यक्ष थापाले बताए ।

    449091481_451541707512449_5310577880738367045_n.jpg

    पालिकाको चालू आ.व.देखि हाल सम्मको प्रमुख उपलब्धिहरुको संक्षिप्त विवरण: पूर्वाधार विकास तथा सडक यातायात तर्फ यस गाउँपालिकामा चालू आ.व. २०८०÷०८१ मा १२५ वटा आयोजना उपभोक्ता समितिबाट र २६ वटा ठेक्काबाट गरी जम्मा १५१ (गा.पा. स्तरीय योजना ४१ र वडा स्तरीय योजना ११०) वटा आयोजना सम्पन्न भएका छन भने अन्य योजनाहरु सम्पन्न हुने अवस्थामा रहेको छन् । गाउँपालिका अन्तर्गत रहेका वडा नं.२,३,४ र ५ का वडा कार्यालय भवन सम्पन्न भएको र वडा नं. १ र गाउँपालिका प्रशासकीय भवन सम्पन्न हुने अन्तिम चरणमा रहेका छन् । साथै देवघाट आधारभुत अस्पताल (१० शैया) पहिलो ढलान सम्पन्न भई थप कार्य भई रहेको छ । गाउँपालिका स्तरीय बजेटबाट बाटो कालोपत्रे कार्यको सुरुवात गरिएको छ ।

    449085955_451541440845809_6574600869053372347_n.jpg

    गाउँपालिका अन्तर्गत रहेको सिंच्याङ्ग र वैदी स्वास्थ्य चौकीमा थप पूर्वाधार निर्माण, खानेपानी व्यवस्थापन तथा मर्मत कार्य सम्पन्न गरिएको छ । गाउँपालिका भित्र १० कि.मि. नयाँ ट्रयाक निर्माण र २३० कि.मि. सडक मर्मत संभार गरी यातायात सञ्चालन गरिएको छ । गाउँपालिकाका सबै वडा गरी जम्मा ११ वटा नयाँ आर.सि.सि. खानेपानी ट्यांकी निर्माण गरी खानेपानीको पहुँचमा वृद्धि गरिएको छ । चालु आ.व. मा ३ वटा झोलुङ्गे पुल (रिस्ती खोला, देउती खोला र चाँप खोला) को निर्माण कार्य सम्पन्न गरिएको छ । वडा नं. ५ मा ज्येष्ठ नागरिक विश्रान्ती गृह निर्माणको लागि डि.पि.आर. तयार भई शिलान्यास गरिएको तथा जग्गा संरक्षण कार्य भईरहेको छ । सडक निर्माणका क्रममा अवरुद्ध भएका खानेपानी तथा विविध संरचनाहरु पुन निर्माण गरी संचालन योग्य बनाईएका छन । बाटोको छेउ तथा बिचमा रहेका तथा जीर्ण भएका विद्युतीय पोलहरुको व्यवस्थापन गरिएका छन । गाउँपालिका अन्तर्गत थप ५ वटा विद्यालय भवन निर्माण कार्य सम्पन्न गरिएको छ ।

    449083447_451541510845802_5886048979156923712_n.jpg

    देवघाट गाउँपालिका वडा नं. ५ मा २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गरिएको छ । घिनाटार देखि टाउनचोक सम्म मोटरबाटो कालोपत्रेको कार्य अन्तिम चरणमा रहेको । छिपछिपे भञ्ज्याङ बजार व्यवस्थापनका लागि सडक स्तरोन्नति गर्न ग्यावियन जाली लगाई बाटो बिस्तार गरिएको । देवघाट धामको वेणी संगममा सार्वजनिक शौचालय निर्माण गरिएको ।पिपलटार देखि मधुवन चोकसम्म र भुवनटारमा सडक कालोपत्रे गर्न कार्य अघि बढेको । हर्दी पुलदेखि वेणी संगम हुदै दासढुंगासम्मको पदमार्ग पहिलो चरणको निर्माण । देवघाट ४ काफलडाँडामा सुन्तला नर्सरी स्थापनाका लागि कृषि टनेल निर्माण गरिएको छ ।

    448982394_451482414185045_656581172332801950_n.jpg

    चालु आ.व. मा पालिकाको अनुगमन समितिबाट २२ पटकको अनुगमनमा ९९ वटा योजनाको अनुगमन गरि ६ वटा योजनाको कार्यान्वयनमा सुधारका लागि सुझाव दिईएकोमा सबै सुझाव कार्यान्वयन भएको । हर्दी र ठिमुरामा पक्की मोटरेवल पुल सम्पन्न भइ सञ्चालनमा रहेका छन् । सिंचाई तर्फ गाउँपालिकाका विभिन्न वडामा साना सिंचाइ सुविधा प्राप्त हुने अवस्था सृजना भएको छ । वडा नं. १ मा १ वटा, वडा नं. २ को खाल्टे फाँटमा ३ वटा, वडा नं. ३ मा १ वटा र वडा नं. ५ मा ४ वटा गरी जम्मा ९ वटा सिंचाई योजना सम्पन्न गरिएको छ । करिब २५०० मिटर पक्की सिचाई कुलो निर्माण भएको छ । सोलार प्रणालीबाट सञ्चालनमा रहेका २ वटा लिफ्टिङ्ग खानेपानी योजनामा समस्या आएको कारण उक्त लिफ्टिङ्ग योजनालाई विद्युतीय माध्यमबाट ए.सि. प्रणालीद्वारा जडान गरी सञ्चालन गरिएको छ । वडा नं. ५ मा ३ वटा डिपबोरिङ सम्पन्न हुने चरणमा छन् र वडा नं. ५ को झारखानीमा लिफ्टिङ सिंचाई निर्माणाधिन अवस्थामा रहेका छन् । भूमि व्यवस्थापन तर्फ भूमि व्यवस्थापन अन्तर्गत वडा नं. १,२,३,४ र ५ का जम्मा भूमिहीन तथा अव्यवस्थित बसोबासीको १५३ हेक्टर जग्गा नापजाँच गर्ने कार्य सम्पन्न गरिएको छ ।

     

    add9ec81-d098-4b4a-8c4d-71b2c94e1dbd.jpeg

    सामाजिक विकास शिक्षा तर्फः कक्षा ११–१२ सञ्चालित विद्यालयहरुमा एकीकृत शिक्षा (कृषि, स्वास्थ्य, शिक्षा) कार्यक्रम सञ्चालन गरिएको छ । अभिभावकहरुलाई शिक्षा कार्यक्रम, शिक्षकहरुलाई दिर्घ सेवा सम्मान कार्यक्रम, एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (क्ष्भ्ःक्ष्क्) कार्यक्रम, एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम, स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी तालिम, शिक्षण सिकाई आदान प्रदान कार्यक्रम एवं सूचना प्रविधि सम्बन्धी जस्ता वृत्ति विकासका कार्यक्रमहरु संचालन गरिएका छन । साथै विषयगत शिक्षक समिति गठन, प्राविधिक शिक्षा तथा उच्च शिक्षाका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति कार्यक्रमको व्यवस्थापन गरिएको, स्वयं–सेवक तथा सुत्केरी सट्टा शिक्षक व्यवस्थापन, अपाङ्गता पहिचान कार्यक्रम, घुम्ती प्रधानाध्यापक वैठक लगायत सामुदायिक विद्यालयहरुमा मसलन्द सामाग्री वितरण गरिएको छ ।

    449090267_451541610845792_2920317380943170004_n.jpg

    स्वास्थ्य तर्फः यस गाउँपालिकाका ० देखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई पूर्ण खोप प्रदान गरेको सुनिश्चित गरी ३८९६ घरधुरी सर्वेक्षण पूर्ण खोप पालिका घोषणा गरिएको छ । ग्रामिण अब्सट्रटिभ भिडियो एक्सरे मेसिनद्वारा देवघाट गाउँपालिकाको ५ वटै वडाहरुमा गर्भवती महिलाहरुलाई भिडियो एक्सरे सेवा सञ्चालन गरिएको छ । विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गरिएको छ । स्वास्थ्य सेवाको गुणस्तर वृद्धि तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन र सबै वडामा सुगर सहित स्वास्थ्य चेक जाँच घुम्ति शिविर सञ्चालनको साथै औषधि आपूर्ति गरिएको छ । खोप, गाउँघर क्लिनिक, परिवार नियोजन, पोषण कार्यक्रम, क्षयरोग, कुष्ठरोग कार्यक्रम, सुरक्षित गर्भपतन सेवा, २४ सै घण्टा सुत्केरी सेवा प्रदान जस्ता सेवाहरुलाई प्रभावकारी रुपमा सञ्चालन गरिएको छ । गाउँघर क्लिनिकबाट ४२९६ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । राष्ट्रिय कार्यक्रमहरु दादुरा रुबेला खोप अभियानमा ९ महिना देखि ५ वर्षसम्मका बालबालिकाहरुले खोप पाएको संख्या ८६५ जना, क्ष्एख् (पोलियो) खोप अभियानमा ६ बर्ष देखि ८ बर्ष सम्मका बालबालिकाहरुले खोप पाएको संख्या ५४१ जना तथा नियमित हुने राष्ट्रिय कार्यक्रमहरु भिटामिन ए पाएका ५ वर्ष मुनिका बालबालिकाहरु १६४३ जना, जुकाको औषधी पाएकाहरु १४५५ जना, अर्धवार्षिक रुपमा विद्यालयमा जुकाको औषधी पाएका विद्यार्थी संख्या ४२९६ जना, साथै १० वर्ष देखि १९ वर्ष सम्मका किशोरीहरुका लागि विद्यालयहरुमा आईरन चक्की वितरण कार्यक्रम संचालन गरिएको छ । वर्थिङ सेन्टरहरुबाट सुत्केरी सेवा दिएको संख्या जम्मा ५७ जना , सुरक्षित गर्भपतन सेवा दिएको संख्या जम्मा २५ जना रहेको छ । परिवार नियोजन सेवा पाईरहेका सेवाग्राहीहरुको संख्याः पिल्स ४२ जना, डिपो १७७ जना, ईम्प्लान्ट ५३३ जना र क्ष्ग्ऋम् सेवा लिने ३८ जनाले हाल सम्म सेवा दिईएको छ । स्वास्थ्य संस्थाहरुको न्यूनतम् सेवा मापदण्ड कार्यक्रम अन्तरगत छिपछिपे, कोटा र सिंच्याङ्ग स्वास्थ्य चौकीमा कार्यक्रम संचालन गरी प्रभावकारी बनाईएको छ । गाउँपालिकामा रहेको १० शैयाको अस्पताल भवन निर्माणधिन छ ।

    448976887_451482467518373_5656280249724255205_n.jpg

    खानेपानी, सरसफाई तथा स्वच्छता (ध्ब्क्ज्) र फोहोरमैला व्यवस्थापन तर्फ गाउँपालिकाको आफ्नै ट्याक्टरबाट नियमित रूपमा फोहोर संकलन तथा व्यवस्थापन हुँदै आएको छ । वडा नं. ४ को आमडाँडा टोललाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । विद्यालय सरसफाइ र समुदाय सरसफाइ कार्यक्रम सञ्चालनमा ल्याइएको छ । खानेपानी सुधारका कार्यक्रमहरू सञ्चालनमा ल्याइएका छन् । वडा नं. ४ का आठ वटा खानेपानी तथा सरसफाइ आयोजनाको पानी परीक्षण कार्य सम्पन्न गरिएकोछ । वडा नं. ४ र ५ का ९ वटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूलाई सुरक्षित खानेपानी सम्बन्धी तालिम सञ्चालन गरी सक्षम गराइएको छ ।

    448981247_451541644179122_8766704625120478146_n.jpg

    महिला, बालबालिका तथा जेष्ठ नागरिकः महिला तर्फः महिला हिंसा विरुद्वको १६ दिने अभियानमा लैङ्गिक हिंसा विरुद्व जनचेतना जगाउने विभिन्न कार्यक्रम गरि मनाईएको छ । वडा नं. १, २, ३, ४ र ५ सबै वडाहरुमा महिला हिंसा न्युनीकरण र लागुऔषध दुर्व्यसनी न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएका छन । महिला सञ्जाल मार्फत उद्यमी महिलाहरु २५ जनालाई मौरीपालन सीप विकास तालिम र ५०% अनुदानमा मौरी साथै घार वितरण गरिएको छ । महिलासँग सम्बन्धित विभिन्न दिवसहरु नारी दिवस तथा तिज कार्यक्रम गरी मनाइएको र “राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम “ अन्तर्गतको तालिम पश्चात कूल २५ जना एकल महिला तथा विपन्न महिलाहरुको लागि बाख्रापालनको निम्ति प्रति व्यक्ति रु. २६,०००।– बराबरको अनुदानको व्यवस्था गरिएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरीक सम्बन्धी ११ वटा कार्यक्रम संचालन भएको छ । बालबालिका तर्फ देवघाट गाउँपालिका भित्रको सबै वडाहरुमा बाल अधिकार सुनिश्चितताका लागि वडा स्तरीय बाल सञ्जाल र पालिका स्तरीय बाल सञ्जालका साथै बाल क्लब गठन गरिएको छ । अपाङ्गता तर्फ अपाङ्गताको वर्गीकरण गरी ९ जना अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । जसमा ३ जना (क) वर्गका, ४ जना (ख) वर्गका र १ ÷१ जना (ग) र (घ) वर्गका रहेका छन् । अति अशक्त तथा पूर्ण अशक्त भएका १३० जना अपाङ्गता भएका व्यक्तिहरुलाई लत्ता कपडा तथा सामाग्री वितरणका साथै अभिमुखिकरण कार्यक्रमको व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक तर्फ हालसम्म २४ जना ज्येष्ठ नागरिकहरुलाई परिचयपत्र वितरण गरिएको र वडा नं. २ र ३ का १६८ जना ज्येष्ठ नागरिकहरुलाई आँखा, कान तथा दाँतको निःशुल्क स्वास्थ्य शिविर संचालन गरी सेवा प्रदान गरिएको छ ।

    449087494_451482487518371_6993901004425083567_n.jpg

    आर्थिक विकास (कृषि, उद्योग, राजश्व, पर्यटन, सहकारी, रोजगार) तर्फः गाउँपालिका कृषि सहकारी संस्थालाई व्यावसायिक कृषि तथा पशुपालनका क्षेत्रमा लगानी गर्न उत्प्रेरित एवं सहयोग गरिएको छ। गाउँपालिका भित्र रहेका पर्यटकीय स्थलहरुको संरक्षण र प्रवर्धन गर्ने कामलाई व्यवस्थित रुपमा कार्यान्वयनमा ल्याईएको छ। रोजगारी सृजना गर्न गाउँपालिका भित्र रहेको श्रम शक्तिको लगत तयार गरी विविध ७ थरीका सीपमूलक तालिम संचालन गरीएको छ। चालू आ.व.मा गाउँपालिका मातहतका कार्यालयबाट आन्तरिक राजस्व (दहत्तर बहत्तर समेत) मार्फत दुई करोड चौवालिस लाख पैतालिस हजार छ सय सट्साठ्ठी रुपैयाँ पैसा बयासी मात्र) संकलन गरिएको छ । कृषि तर्फः कृषि कार्यक्रम मार्फत बीउ, औजार उपकरण जस्ता कृषि सामग्रीहरूको सहुलियतपूर्ण उपलब्धताको सुनिश्चितता गरिएको छ। धान, मकै लगायत अन्नबालीको बीउ प्रतिस्थापन दर वृद्धि गर्न माग अनुसार कृषकहरूलाई उन्नत तथा हाइब्रिड बीउ विजन उपलब्ध गराएको छ। तरकारी बालीको क्षेत्रफल र उत्पादकत्वमा सुधार गरी समग्र उत्पादनमा उल्लेख्य वृद्धि गर्न तरकारी पकेट कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रममार्फत ३ हेक्टर जमिनमा तरकारी खेती वृद्धि भएको छ। ३५० कृषकहरूलाई आलुको उन्नत जातका बीउ प्रदान गरिएको छ। देवघाट गाउँपालिका ३, नालबुङमा बीउ बैङ्क कार्यक्रम मार्फत कृषि जैविक विविधता संरक्षण, संवर्द्धन र सदुपयोग गर्न सहयोग गरिएको छ। बीउ बैङ्कमा मास, मस्याङ, गहत, बोडीजस्ता दलहन बालीहरूको सङ्कलन गरिएको छ। कृषि आयको प्रमुख श्रोतको रूपमा रहेको सुन्तलाजात फलफूलको उचित व्यवस्थापन गरी उत्पादकत्व वृद्धि गर्न र आयआर्जनमा वृद्धि गर्न कृषकहरूलाई कृषि सामग्री वितरण गरिएको छ।

    448977297_451482687518351_6386234613061277445_n.jpg

    गुणस्तरीय फलफूल बेर्ना उत्पादन गर्न देवघाट गाउँपालिका–४, काफलडाँडामा जालीघर सहितको फलफूल नर्सरी स्थापना गरिएको छ। ग्रामीण जीविकोपार्जन सुधारको लागि तुलनात्मक लाभ हुने कृषिमा आधारित व्यवसाय स्थापना र प्रवर्द्धन गर्न पालिकाले विशेष ध्यान पुर्याएको छ। मौरीपालन व्यवसाय प्रवर्द्धनको लागि कृषकहरूको क्षमता अभिवृद्धि गरी २३ घरधुरीलाई मौरीपालन सम्बन्धित सामग्रीहरू उपलब्ध गराइएको छ। करिब ३०० घरधुरीमा च्याउ उत्पादनको लागि च्याउको बीउ वितरण गरिएको छ। पशु तर्फः एक वडा एक पशु प्राविधिक सेवाको व्यवस्था गरिएको, ५ वटै वडाका कृषकहरुमा निःशुल्क पशुपन्क्षी औषधि सेवा वितरण गरिएको, महामारीको रुपमा फैलिएको लम्पि स्किन, रेबिज रोगहरु नियन्त्रण गरिएको, कृतिम गर्भाधान सेवाको उपलब्धतता रहको साथै सबै वडामा गरी १२८७ गाईहरुलाई, ६८४ भैसिहरुलाई, ३१९० बाख्राहरुलाई, ६५६ सुँगुर÷बुँगुर र २५३ कुकुर, बिरालोहरुलाई विविध किसिमका खोपहरु लगाईएको छ ।

    dd532f59-ee3d-4027-b80a-aa1ae2e730fd.jpeg

    वन, वातावरण, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन तर्फः वन तथा वातावरण व्यवस्थापन गर्न र लागत साझेदारीमा काम गर्न तथा वन क्षेत्रबाट गाउँपालिकाले प्राप्त गर्ने बिक्रीको १० प्रतिशत प्राप्त गर्न सामुदायिक वनसँग समन्वय गरीएको छ । गाउँपालिका विपद व्यवस्थापन समितिको बैठक नियमित रुपमा बसिएको छ। गाउँपालिका सवै कार्यालय र ईलाका प्रहरी कार्यालयमा विपद उद्धार सामग्रीको व्यवस्था गरीएको छ । वडा न. ५ मा दिगो फोहोर व्यबस्थापनको लागि अध्ययन गरी फोहोर उठाई डम्पिङ साइटमा लैजाने काम भएको छ । सहकारी तर्फ ⦁ सहकारी सम्बन्धी सूचना प्रणाली कोपोमिस र सहकारी व्यवस्थापन सम्बन्धी ३७ जनालाई तालिम उपलव्ध गराई सक्षम बनाइएको छ । सहकारीलाई सूसुचित र सुव्यवस्थित बनाउन सहकारीको अनुगमन प्रक्रियालाई प्रभावकारी बनाइएको छ । उद्योग तथा वाणिज्य तर्फ ५७ जनालाई मौरीपालन तालिम र मौरीघार तथा सामग्रीहरू उपलव्ध गराइएको छ । ७ जना आदिवासी जनजाति र १ जना अन्य जातिका गरी जम्मा ८ जनालाई व्यूटिसियन सम्बन्धी एड्भान्स तालिम उपलव्ध गराइएको छ । २५ जना युवाहरूलाई स्वरोजार बनाउन हाउस वायरिङ तालिम उपलव्ध गराइएको छ । बजारीकरण सम्बन्धी तालिम, लघुवित्तमा पहुँच सम्बन्धी तालिम सञ्चालन गरिएको छ । व्यवसाय दर्तालाई नियमित गरिएको छ । कोशेली घरबाट कृषकबाट उत्पादित वस्तुको बिक्री गरिनेछ । प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फः यस आ.व. मा रोजगार सेवा केन्द्र मार्फत कूल ५४ जनालाई श्रम स्वीकृतिका लागि सहजीकरण गरिएको छ ।

    dcfa068f-738e-44e3-a781-7af535dd8a9c.jpeg

    कूल २९ वटा रोजगार आयोजना मध्ये २७ वटा सम्पन्न भएको र २ वटा अन्तिम चरणमा रहेको, जसबाट ५५ जना सुचिकृत बेरोजगारले कूल ४५८३.५ दिन बराबरको रोजगारी पाएका छन । जस मध्ये २५२.५ मि. पक्की सिंचाई कुलो निर्माण गरिएको, १०२ मि. सिंचाई कुलो मर्मत गरिएको, ३०८१ मि. पदमार्ग निर्माण गरिएको छ भने ४४.५ मि. पक्की सडक नाला निर्माण गरिएको छ र ५२७ घ.मि. ग्यावियन जाली भरिएको छ जसमा १०९ थान (३८१८१) र १०० थान (२८१८१) को रहेको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम तर्फ वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा ४ स्थानमा सञ्चालन गरी १०२ जनाले सेवा लिएका छन् । बैदेशिक रोजगारीमा फसेका २ जना को उद्दार गरिएको छ । २५ जनालाई मनोसामाजिक परामर्श दिइ उद्दार गरिएको छ । महिला स्वस्थ्य स्वयम् सेविकाहरूलाई मानसिक स्वस्थ्य सम्बन्धी अभिमुखीकरण गरिएको छ । आप्रवासीहरूको क्षमता विकासका लागि २२ जनालाई क्षमता विकास तालिम सञ्चालन गरी सक्षम बनाइएको छ । रिटर्नीहरूबाट १७२९ जनाले बैदेशिक रोजगारी सम्बन्धी सम्पूर्ण सूचना पाएका छन् । ४ वटा समुदायमा बैदेशिक रोजगारी सम्बन्धी समुदाय अभिमुखीकरण गरिएको छ ।

    698e0c33-8afb-46d0-8942-06532835f1e8.jpeg

    सामाजिक सुरक्षा तथा घटना दर्ता तर्फः यस गाउँपालिकाको चालु आ.व. मा कूल १९५५ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता स्वरुप विद्युतीय भुक्तानी प्रणाली (भ्ँत्) मार्फत प्रदान गरिएको छ भने नयाँ १६३ जना लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता कार्ड वितरण गरिएको छ । नेपाल सरकारबाट परिपत्र भए अनुसार आ.व. २०८१÷२०८२ मा सामाजिक सुरक्षा भत्ता जस्ता अन्य विविध सेवा सुविधा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र नम्बर (ल्क्ष्ल्) अनिवार्य गराईए पश्चात तनहूँ जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी छुट भएका ३१६ जना लाभग्राहीहरुको आवेदन फारम भरि राष्ट्रिय परिचय पत्र नम्बर उपलब्ध गराई सहजीकरण गर्ने कार्यमा यस जिल्लाकै स्थानीय तहहरु मध्ये पहिलो तथा एक मात्र स्थानीय तह रहन सफल भएको छ । साथै यसै आ.व. मा व्यक्तिगत घटना दर्ता तर्फ ३६४ जनाको जन्म, १५३ जनाको मृत्यु, १५२ वटा विवाहदर्ता, २० वटा सम्बन्ध बिच्छेद, ९९ जना बसाई सरी आएका र २०१ जना बसाई सरी गएका छन् । सुशासन तथा संस्थागत विकास (कानूनी व्यवस्था, राजश्व परिचालन, संगठन संरचना, सार्वजानिक निजी साझेदारी एवं समन्वय) भएको उपलब्धीः २०८० साल चैत्र मसान्तसम्ममा देवघाट गाउँपालिकाले ऐन, नियमावली, कार्यविधि र मापदण्डहरु मार्गदर्शन गरी २१ वटा कानून तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ । गाउँपालिकाले संगठन तथा सर्वेक्षण तयार गरी कार्यालयको कार्यबोझको आधारमा संगठन, संरचना, जनशक्ति र कार्यविवरण तयार गरी कार्यान्वयनमा ल्याइनेछ ।

    449085946_451482647518355_15944456485478246_n.jpg

    यस गाउँपालिकाले गत आ.व को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (ीक्ष्क्ब्) मा ६६.५ प्रारम्भिक अंक प्राप्त गरेको छ। यस आर्थिक वर्षमा राजश्व सुधार कार्ययोजनाको कार्यान्वयनबाट आन्तरिक राजश्व स्रोतको दायरामा वृद्धि भएको छ । देवघाट गाउँपालिका वडा नं. २, ४ र ५ मा नवनिर्मित वडा कार्यालय समुद्धाटन भई वडा कार्यालयबाट सेवा प्रवाह भएको छ । पालिबाट सम्पादित कार्यहरुको नागरिकलाई सूचित गराउन तथा नागरिकका राय सुझाव संलग्नका लागि यस आर्थिक वर्ष २०८०÷०८१ मा देवघाट–१ कोटा र देवघाट–५ मा गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम संचालन भएका छन् । गाउँपालिका अन्तर्गतका विभिन्न विषयगत शाखाबाट सम्पादित कार्यहरुको प्रगति विवरण प्रत्येक त्रैमासिकमा गाउँपालिकाको बेभ साइटमा स्वतः प्रकाशन गरिएको छ । नेपालको संविधान (२०७२) ले प्रत्येक नागरिकलाई सार्वजनिक सरोकारको विषयमा सुसूचित हुन पाउने मौलिक हक अन्तर्गत सूचनाको हक सम्बन्धी, २०६३ तथा नियमावली २०६५ ,बमोजिम मागका आधारमा विभिन्न ९ जना व्यक्तिलाई सूचना विवरण उपलब्ध गराइएको छ । गाउँपालिका अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य चौकीहरुको अनुगमन तथा निरीक्षणका साथै पालिका, वडा कार्यालय तथा स्वास्थ्य चौकीहरुबाट नागरिकलाई सर्वसुलभ र सहज रुपमा सेवा प्रवाह गरिएको छ ।

    न्यायिक समिति तर्फः न्यायिक समितिबाट ३३ जना मेलमिलापकर्ताहरुलाई ४८ घण्टे तालिम दिई सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरी मेलमिलापको माध्यमबाट १ वटा मुद्दा न्याय निरुपण गरिएको र वाँकी मुद्दाहरू निरूपणका क्रममा रहेका छन् । २. सोच (ख्ष्कष्यल) “समुन्नत देवघाटको आधार, धार्मिक पर्यटन, कृषि र सम्पन्न पूर्वाधार“ देवघाट गाउँपालिकाको दिगो विकास गर्न कृषि तथा पर्यटन क्षेत्रलाई विकास गरी रोजगारी सृजना तथा दिगो विकास कार्यक्रमको लक्ष्य सहित गरिबी न्यूनीकरणका लागि कृषि, धार्मिक तथा सांस्कृतिक पर्यटन क्षेत्रलाई जोड दिइनेछ । लक्ष्य प्राकृतिक श्रोत साधन र मानवीय सीप तथा पूँजी परिचालन गरी आर्थिक, सामाजिक, पूर्वाधार र कृषि व्यवसायलाई प्राथमिकतामा राखी कृषि, पर्यटन उद्योगलाई जोड दिई आर्थिक विकासका गतिविधि अघि बढाइनेछ । सांस्कृतिक पर्यटन क्षेत्रको विकास गरी नागरिकको गुणस्तरीय जीवनमा सुधार गराइनेछ ।

    उद्धेश्यहरु ⦁

    सेवा प्रवाहलाई प्रविधिमैत्री, सेवाग्राहीमैत्री विधि अवलम्बन गरी सेवा प्रवाह आधुनिकीकरण गर्ने । ⦁ स्वरोजगारको माध्यमबाट रोजगार वृद्दि गर्न कृषि तथा पर्यटन उद्योग तथा व्यवसायमा जोड दिने । सामाजिक विकास क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई जस्ता आधारभूत विषयलाई पहिलो प्राथमिकतामा राखी हाम्रो स्थानीय लोक संस्कृति साहित्य एवं परम्परालाई जर्गेर्ना गर्नुका साथै युवा वर्गलाई खेलकुद एवं सांस्कृतिक कलामा आकर्षित गरी विकासको मूल प्रवाहमा ल्याइने छ साथै गाउँपालिकाका सबै गतिविधिहरुमा लैंगिक समानता तथा सामाजिक समावेशीकरणका कार्यक्रमहरु प्राथमिकताका साथ सञ्चालन गर्ने । ⦁ वन, वातावरण, मानव तथा जीवजन्तुको संरक्षणमा कार्यक्रम गर्ने विपद तथा महामारीको बारेमा जनचेतनामुलक एकिकृत कार्यक्रमहरु संचालन गरी मानव तथा वन्यजन्तु बिच द्वन्द न्युनीकरण गर्ने। ⦁ वडा स्तरबाट नागरिकहरुको क्षमता विकास, ब्यक्तित्व विकास, सिर्जनात्मक कला अभिवृद्दि कार्यक्रम सञ्चालन गर्ने । ⦁ नव प्रवर्द्दनात्मक कार्यक्रमको खोजी गर्ने । ⦁ दिगो तथा वातावरणमैत्री भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिई भवन निर्माण तथा शहरी विकास सम्बन्धी मापदण्ड अनुसार व्यवस्थित बस्ती विकासमा जोड दिने । ⦁ गाँउपालिका स्तरका गौरवका अधुरा योजनाहरु पुरा गर्न प्राथमिकता दिई १ वर्षमा पूरा हुन नसकेका बहुवर्षिय योजनालाई निरन्तरता दिने र प्रदेश र संघीय सरकारको सहयोगमा योजना सम्पन्न गर्ने । ⦁ राष्ट्रिय गौरवलाई सघाउ पुर्याउने आविष्कार केन्द्र, प्रयोगशाला, परियोजनासँग सम्बन्ध राख्न प्रयास गर्ने । ⦁ देवघाट गाउँपालिका भित्रका साविक गा.वि.स. को चल÷अचल सम्पत्तिको खोज र संरक्षण गर्ने । ३. अपेक्षित उपलब्धीहरु (प्रतिफल) कार्यक्रम तथा आयोजनाहरु सञ्चालन गराए पश्चात तत्काल हासिल हुन सक्ने उपलब्धीहरु भौतिक उपलब्धि ,बहु वर्षिय आयोजना सम्पन्न भएको हुनेछ, अधुरा आयोजनाहरु पूरा हुनेछन् ,गाउँपालिकाको प्रशासनिक भवन सम्पन्न भई कार्यालय कार्य सञ्चालन सोही भवनबाट हुनेछ,वडा नं. १ को वडा कार्यालय भवन सम्पन्न भई कार्यालय कार्य सञ्चालन सोही भवनबाट हुनेछ, भौतिक पूर्वाधार निर्माणमा वृद्दि हुनेछ, आर्थिक विकास मूख्य उपलब्धि,कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्दि हुनेछ र कृषि रोजगारीको वृद्दि हुनेछ,रोजगारी वृद्दि भई गरिबीको निवारणमा टेवा पुग्नेछ,उद्योग ब्यवस्था, पर्यटन क्षेत्रमा सुधार भएको हुनेछ, वन, वातावरण र विपद ब्यवस्थापन,विपद ब्यवस्थापनको संस्थागत क्षमता वृद्दि हुने तथा तत्काल आपतकालिन उद्दार सामाग्री प्राप्ती हुने सुनिश्चित हुनेछ,सामाजिक विकास,शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाईमा उल्लेखनीय सुधार हुनेछ भने गैर सरकारी संघ संस्थाको उचित परिचालन हुनेछ,सुशासन संस्थागत विकास, गाउँपालिका, वडा कार्यालय, विभिन्न संघ संस्था तथा उपभोक्ता समितिबाट हुने काम कारबाहीलाई पारदर्शी, मितव्ययी तथा छिटो छरितो हुने वातावरणको विकास हुनेछ । स्थानीय सेवा तथा जनशक्ति ब्यवस्थापन प्रभावकारी हुने तथा सूचना प्रविधि मैत्री भई समग्र संस्थाको संस्थागत क्षमता विकास हुनेछ ।

    ४.वार्षिक विकास कार्यक्रम तथा बजेट तर्जुमा गर्दा अवलम्बन गरिएका प्रमुख नीति तथा आधारहरुः नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन, २०७४ आवाधिक योजना, नीति तथा कार्यक्रम,संघिय सरकार, प्रदेश सरकारको नीति लक्ष्य, उद्देश्य,देवघाट गाउँपालिका वासीहरुको आवश्यकता र चाहना,नागरिक समाजको सुझाव,देवघाट गाउँपालिकाको जनसंख्या तथा भौगोलिक अवस्थिति प्राथमिकता समाबेशी आर्थिक तथा सामाजिक विकास र गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने,उत्पादन मूलक र छिटो प्रतिफल दिने ठूला आयोजनाहरुको हकमा बढीमा ३ वर्ष भित्र सम्पन्न हुने, आन्तरिक आय बढाउने र राजश्व परिचालनमा योगदान पुर्याउने, सेवा प्रवाह, संस्थागत विकास र सुशासनमा योगदान पुर्याउने,स्थानीय स्रोत साधनमा आधारित भई जनसहभागिताको अभिवृद्धि गर्ने,लैंगिक समानता तथा सामाजिक समावेशीकरणको अभिवृद्धि हुने,दिगो विकास, वातावरण संरक्षण र विपद व्यवस्थापनमा योगदान पुर्याउने ,समुदायलाई विपद तथा जलवायु परिवर्तन उत्थानशील बनाउने,स्थान विशेषको संस्कृति र पहिचान प्रवर्द्धन गर्ने ।वैदेशिक रोजगारबाट फर्किएका नागरिकहरुलाई स्वरोजगार उन्मुख बनाउने । जटिल किसिमका महामारी रोगहरुको प्रभाव आँकलन र तत्कालिन आवश्यकता पहिचान गर्ने । टोल तथा वडावासीहरुले माग गरी पठाएका सबै योजना तथा कार्यक्रमहरु यस गरिमामय सभाबाट स्वीकृत गरी सम्बन्धित निकायमा पठाइने छ र उक्त योजना तथा कार्यक्रमहरुको लेखाजोखा, बिस्तृत सम्भाव्यता अध्ययन पश्चात प्राथमिकीकरण गरी गाउँपालिकाको आयोजना बैंकमा राखिनेछ ।

    ५. आय व्यय स्रोत व्यवस्थापन: आ.व. २०८१÷०८२ को वार्षिक बजेट तथा कार्यक्रमको आय व्यको विवरण:आ.व. २०८१÷०८२ बजेट को लागि आय अनुमान तथा सीमा: आयव्यय विवरण: नेपाल सरकार समानीकरण अनुदान ७ करोड ८३ लाख, नेपाल सरकार संघीय राजस्व वाँडफाँड ८ करोड २४ लाख, राजस्व अनुमान कर दस्तुर शुल्क १ करोड,नदीजन्य पदार्थ दहत्तरबहात्तर माटो, खनिज, खानी (विभाज्य कोष तथा रोयल्टी) ८० लाख,प्रदेश सरकार समानिकरण अनुदान ९५ लाख ३७ हजार, राजस्व बाँडफाँड ५४ लाख २३ हजार,नेपाल सरकार सशर्त अनुदान चालु २१ करोड २७ लाख २८ हजार ५ सय,नेपाल सरकार सशर्त अनुदान पूँजीगत ४५ लाख रूपैयाँ रहेको छ ।

    नेपाल सरकार समपुरक अनुदानतर्फ: संघीय सरकार समपुरक अनुदान १ करोड,समपुरक संघीय प्रदेश अनुदानतर्फ: प्रदेश सरकार समपुरक अनुदान ६० लाख रूपैयाँ,प्रदेश सरकार विशेष अनुदानतर्फ ४० लाख,अ.ल्य. २ करोड ५० लाख गरी जम्मा ४५ करोड ५८ लाख ८८ हजार ५ सय रूपैयाँ प्रस्तुत गरिएको छ । अन्तरसरकारी वित्तिय हस्तान्तरण÷अख्तियारी (सामाजिक सुरक्षा र संरक्षण समेत) ८ करोड,आगामी आ.व. २०८१÷०८२ को व्यय तर्फ वार्षिक विषय क्षेत्रगत बजेट:पूर्वाधार विकास तर्फः ६ करोड ३० लाख विनियोजन गरेको छु ।

    आर्थिक विकास तर्फः १ करोड, सामाजिक विकास तर्फः २ करोड ६० लाख रहेको छ । वन, वातावरण तथा विपद व्यवस्थापन तर्फः ५० लाख,सुशासन तथा संस्थागत विकास तर्फः ५० लाख (चालु खर्च बाहेक),कार्यालय संचालन तथा प्रशासनिक लगायत अन्य चालु खर्च, आर्थिक दायित्व सर्ने योजनाका लागिः ११ करोड ९६ लाख ६० हजार, सशर्त तर्फः २२ करोड ७२ लाख २८ हजार ५ सय रूपैयाँ प्रस्तुत गरिएको छ । आर्थिक तथा सामाजिक क्षेत्रमा देखिएका चुनौती सामना गर्दै आम नागरिकमा आत्म विश्वास र आशा जगाउने र अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्य राखी बजेट निर्माण गरिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend