देवघाट श्रावण १४
देवघाटधाम जेसीजको नेतृत्वमा बोलबम मेला भर्न आएका ४ हजार भन्दा बढी भक्तजनहरूलाई नि:शुल्क पानी तथा मही वितरण गरिएको छ ।

आज श्रावणको दोस्रो हप्ता देवघाटधाम जेसीजको नेतृत्वमा :शुल्क पानी तथा मही वितरण गरिएको हो । गत वर्षहरूमा जस्तै यसवर्ष पनि देवघाटधाम जेसीजको नेतृत्वमा तथा चितवन,नवलपुरमा रहेका छिमेकी शाखाहरु र लियो क्सव अफ देवघाट चौतारीको सहयोगमा पवित्र तिर्थस्थल देवघाटमा लागिरहेको साउने मेला" बोलमब" मेला भर्न आएका तिर्थालु भक्तजनहरुलाई पानी र मही वितरण गरिएको देवघाटधाम जेसीजका अध्यक्ष जेसी रघु मल्लले बताए ।

साथै उनले बोलबम मेला सुरू भएसँगै देवघाटधाम जेसीजले यस कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिदै आइरहेको समेत जानकारी दिए । "मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो" भन्ने यस लाइनलाई मध्ये नजर गर्दै बोलबम मेलामा टाढाटाढाबाट भक्तजनहरू आएका हुन्छन उनिहरूको थोरै मात्रै प्यास मेटाउन सकिन्छ कि भन्ने उद्देश्यले यस कार्यक्रम गरिएको देवघाटधाम जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी सुजन गुरूङले बताए ।

साथै आगमि दिनहरूमा यस कार्यक्रमलाई अझै प्रभावकारीताका साथै निरन्तरता दिने देवघाटधाम जेसीजका महासचिव जेसी प्रशन्न ढकालले बताए । गत वर्षहरूमा देवघाटधाम जेसीजले पानी वितरण गर्दै आएका थिए ।

उक्त कार्यक्रममा देवघाटधाम जेसीजका बोर्डमा सबै पदाधिकारीहरूको सहभागीता रहेको थियोे भने बोलबम मेला भर्न आउनु भएको तिर्थालु भक्तजनहरूले देवघाटधाम जेसीजले राम्रो काम गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।





