देवघाटका श्रीधर पाण्डेयले गुरूकुल तर्फ नेपाल प्रथम

images
  • 303
    SHARES
  • श्रावण १९, २०८१ शनिबार
    देवघाटका श्रीधर पाण्डेयले गुरूकुल तर्फ नेपाल प्रथम
    images

    देवघाट

    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर-५ स्थित परमानन्द संस्कृत गुरुकुलका श्रीधर पाण्डेय वि.स. २०८१ सालको कक्षा १२ को परीक्षामा नेपालकै प्रथम हुन सफल भएका छन् ।

    33a69703-6c6e-4422-98ff-da6012016bef.jpeg

    पाण्डेय संस्कृततर्फ देशभरका गुरुकुलहरूबाट ३.७६ GPA ल्याइ सहित सर्वोत्कृष्ट हुन सफल भएको हो । साथै गुरुकुलमा अध्ययनरत १७ जना छात्रहरू A+ र A ग्रेडमा उत्तीर्ण भएका छन् । लामाे समयदेखि संस्कृत विषय पढाउदै आइरहेको परमानन्द संस्कृत गुरूकुल लगातार ४ वर्षदेखि संस्कृततर्फ नेपाल प्रथम हुन सफल भएकाे छ ।

    fee7297f-641f-4337-9df4-e23ba4496cf7.jpeg

    उक्त गुरुकुलमा अध्ययनरत सम्पूर्ण छात्रहरूलाई गुरुकुलले पूर्ण रूपमा नि:शुल्क शिक्षा दिइदै आइरहेको गुरुकुलका प्राचार्य विमलानन्द सरस्वतीजी ले बताउनु भयो । साथै उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाइ एवम् शुभकामना व्यक्त गर्नुभएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend