देवघाट २१
देवघाटधाम जेसीज र गीतानगर जेसीजकाे संयुक्त बैठक तथा मित्रमिलन कार्यक्रम सम्पन्न सम्पन्न भएको छ ।

मातृत्व र भातृत्वकाे सम्बन्ध प्रगाढ बनाउदै आफ्नाे र आफन्तकाे अपनत्व जगाउदैँ देवघाटधाम जेसीज र मातृशाखा गीतानगर जेसीजकाे संयुक्त आयाेजनामा चितवन जिल्लाकाे नजिकै रहेकाे एैतिहासिक स्थलकाे अध्ययन अवलाेकन र पर्यटन प्रवर्धनका लागि मिति २०८१ श्रावण १८ र १९ गतेका दिन चितवन जिल्लाकाे पुरानाे सदरमुकामकाे रूपमा अवस्थित उपरदानगढीमा २ दिने मित्रमिलन कार्यक्रम गरिएको सम्पन्न गरिएको देवघाटधाम जेसीजका अध्यक्ष जेसी रघु मल्लले बताउनु भयो ।

साे कार्यक्रममा देवघाटधाम जेसीज र गीतानगर जेसीजका बाेर्डका पदाधिकारी तथा सदस्यहरूका साथ देवघाटधाम जेसीजका संस्थापक अध्यक्ष जेसी बिकास सापकाेटा काे उपस्थिति रहेकाे थियाे । समुन्द्री सतहबाट १२७५ मिटरकाे उचाईमा रहेकाे उक्त स्थानमा चितवन तथा चितवन वरपरकाे स्थानहरूबाट गर्मी छल्न तथा एैतिहासिक स्थलकाे अवलाेकन गर्नका लागि हरेक दिन मानिसहरू उपस्थित हुने गरेकाे छ भने उक्त स्थानमा वासस्थानकाे लागि हाेमस्टेकाे व्यवस्था रहेकाे छ ।

कार्यक्रममा मातृशाखा गितानगर जेसीजकाे आतिथ्यतामा हुने नजिकिदै गरेकाे नेपाल जेसीज क्षेत्र ख सम्मेलनका क्रममा गर्नु पर्ने कार्यहरूकाे बारेमा छलफल भएकाे थियाे । साथै कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएकाे थियाे ।




