देवघाटधाम जेसीजले गर्यो बोलबम मेलामा २० हजार भन्दा बढि भक्तजनलाई निशुल्क पानी तथा मही बितरण

images
  • 578
    SHARES
  • श्रावण २८, २०८१ सोमबार
    देवघाटधाम जेसीजले गर्यो बोलबम मेलामा २० हजार भन्दा बढि भक्तजनलाई निशुल्क पानी तथा मही बितरण
    images

    देवघाट श्रावण २८

    तनहुँको देवघाटधाममा हरेक वर्ष साउनको सोमबार बोलबम मेला लाग्ने गर्दछ । यस वर्ष पनि हरेक वर्षमा जस्तै बोलबम मेलामा भक्तजनहरूको ठुलो संख्यामा भिड देखिन्छ ।

    455257021_480449641288322_1962839741986372930_n.jpg

    सोही भिडलाई मध्येनजर गर्दै देवघाटधाम जेसीजको नेतृत्वमा हरेक सोमबार बोलबम मेला भर्न आएका भक्तजनहरूलाई नि:शुल्क पानी तथा मही वितरण गरेका थिए । साउनको ४ वटा बोलबममा लगभग २० हजार भन्दा बढि भक्तजनहरूलाई निशुल्क पानी तथा मही बितरण गरिएकाे देवघाटधाम जेसीजका अध्यक्ष जेसी रघु मल्लले बताउनुभयो ।

    455236095_480449584621661_132529885824301049_n.jpg

    "मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो"भन्ने मुल मन्त्रका साथ कार्यक्रम आयोजना गरिएको बताए । टन्नलापुर घाममा टाढाटाढाबाट भक्तजनहरू देवघाट आउने गर्छन् उनिहरूलाई केही गर्न नसकेता पनि तिर्खाएको बेला पानी र मही मार्फत  प्यास मेटाउने प्रयास मात्रै गरेको हौँ अध्यक्ष मल्लले भने । देवघाटधाम जेसीजले गत वर्षहरूमा जस्तै यसवर्ष पनि आफ्नै नेतृत्व तथा चितवन,नवलपुरमा रहेका छिमेकी शाखाहरु र लियो क्सव अफ देवघाट चौतारीको सहयोगमा पवित्र तिर्थस्थल देवघाटमा लागिरहेको साउने मेला" बोलमब" भर्न आएका तिर्थालु भक्तजनहरुलाई पानी तथा मही वितरण गरिएको छ ।

    455093047_480449401288346_4764131424831846411_n.jpg

    पहिलो हप्ताको बोलबममा दुई हजार भन्दा बढी,दोस्रो हप्ताको बोलबममा चार हजार भन्दा बढी भक्तजनहरूलाई नि:शुल्क पानी तथा मही बितरण गरिएकाेमा आज तेस्रो हप्ता अझ बढी सात हजार भन्दा बढि र अन्तिम सोमबार आठ हजार भन्दा बढी भक्तजनहरूलाई पानी तथा मही वितरण गर्न सफल भएको देवघाटधाम जेसीजका महासचिव जेसी प्रसन्न ढकालले जानकारी दिनुभएको थियोे ।

    455066811_480449244621695_6518956381986776122_n.jpg

    देवघाटधाम जेसीज स्थापना भएदेखि बोलबम मेलामा विभिन्न  कार्यक्रमहरूको आयोजना गर्दै आएको र पानी वितरण कार्यक्रमलाई भने हरेक वर्ष निरन्तरता दिदै आइरहेको देवघाटधाम जेसीजका संस्थापक जेसी विकास सापकोटाले बताउनुभयो । साथै बोलबम मेला भर्न आउनु भएका तिर्थालु भक्तजनहरूले देवघाटधाम जेसीजले पुन्य कमाउने काम गरेको भन्दै भक्तजनहरूले धन्यवाद व्यक्त गरेका थिए ।

    455004893_480449297955023_6470168934870554920_n.jpg

    अन्तिम सोमबार आज उक्त मही वितरण कार्यक्रममा गीतानगर जेसीजका अध्यक्ष जेसी युवराज अधिकारी, रत्ननगर जेसीजका अध्यक्ष जेसी नरहरी पुरी,माडी जेसीजका अध्यक्ष जेसी सन्ताेष भट्टराई, पर्साखैरहनी जेसीजका अध्यक्ष जेसी नारन उप्रेती लगायत बाेर्ड तथा सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend