देवघाट ३१
देवघाट-५ साढेबगरमा आज वडा-५ कार्यालयद्वारा नि:शुल्क स्वास्थ्य सहुलियत कार्ड वितरण गरिएको छ ।

तनहुँको देवघाट गाउँपालिका वडा नम्बर- ५ र चितवन मेडिकल कलेज(सि.एम.सी) भरतपुर बीच चैतमा सम्झौता भए अनुरुप आज (बिहिवार) माहादेव टोल विकास सँस्थाको करिब ९२ जनालाई नि:शुल्क स्वास्थ्य सहुलियत कार्ड वितरण गरिएको देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष पूर्ण बहादुर कुँवर बताउनुभयो ।

सो कार्डबाट नयाँ मेडिकल कलेज (सि.एम.सी) भरतपुरमा ओपिडी टिकट देखी अन्य उपचारमा २० प्रतिशात छुट र औषधिमा ७ प्रतिशात छुट रहने प्रवक्ता एवं ५ नम्बर वडा अध्यक्ष कुंवरले बताउनु भएको थियोे । उक्त सहुलियत कार्ड बनाउन कुनै शुल्क समेत नलाग्ने र जनताहरूलाई सहज होस् भन्ने उद्देश्यले ५ नम्बर वडाको २१ वटा टोल विकास संस्था भित्रका सबै बासिन्दाहरुलाई क्रमिक रुपमा टोलमा नै वितरण गर्ने बताउनुभयो ।

यो भन्दा अगाडि बगन्दी गाउँमा ५५ जनालाई कार्ड वितरण गरिसक्नु भएको समेत जानकारी गराउनु भएको थियोे । सो कार्यक्रममा ५ वडा सदस्य बुद्धि बहादुर पाण्डे,कमला गुरूङ,सरस्वती परियार,याम बहादुर मगर,५- वडा सचीव पविता खनाल,साढेबगर सामुदायिक वनका अध्यक्ष टिकिसरा गुरुङ लगायतको उपस्थिति रहेकोे थियो। भने उक्त कार्यक्रम महादेव टोलका अध्यक्ष कुल बहादुर गुरूङको अध्यक्षता भएको थियोे ।



