देवघाट भदौ ६
तनहुँको देवघाट गाउँपालिकामा डेङ्गु रोग नियन्त्रण सम्बन्धी छलफल तथा अभिमुखीकरण कार्यक्रम भएको छ । सोही कार्यक्रमको आयोजना गर्दै डेङ्गु रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियानमा देवघाट गाउँपालिका अगाडि बढेका छन् ।

उक्त छलफल कार्यक्रममा लामखुट्टेको लार्भा खोजी नष्ट गर्ने अभियान सञ्चालनका लागि पूर्व तयारी कसरी गर्ने तथा डेङ्गुबाट बच्न केके उपायहरू अपनाउन सकिन्छन् र डेङ्गु लाग्न नदिन भन्ने विषयमा सरोकारवालाहरूलाई अभिमुखीकरण कार्यक्रम दिइएको प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष पूर्ण बहादुर कुँवर बताए । डेङ्गु रोग देवघाट गाउँपालिका भित्र केहि व्यक्तिमा देखिए लगत्तै यस कार्यक्रमको आयोजना गरिएको हो अध्यक्ष कुँवर ।

उक्त कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले डेङ्गु रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियानमा देवघाट गाउँपालिका अगाडि बढेको बताए । उनले डेङ्गु रोग लाग्नु पुर्व नै सबै जना सजग रहनुपर्ने बताउदैँ आफ्नो घर वरपर सरसफाइ गर्न आग्रह गरेका थिए । साथै अध्यक्ष थापाले डेङ्गुको लक्षण देखिएमा डराउने हैन कि त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने तर्फ लाग्न देवघाटवासीहरूमा अनुरोध गरेका छन् ।

त्यस्तै गरि उक्त अभिमुखीकरण कार्यक्रममा देवघाट स्वास्थ्य शाखा प्रमुख प्रदिप कुमार बुढाथोकीले भर्खरै मात्रै देवघाट-५ वडामा ३ जना व्यक्तिमा डेङ्गु संक्रमण देखिएको बताए । उनले डेङ्गु रोग लाग्नुको मुख्य कारण आफ्नो घर वरपर फोहोर गर्नु हो भन्दै आफ्नो घर वरपर करेसाबारी सफा सुघँर गर्यो भने डेङ्गु लाग्न बाट बच्न सकिने बताउदैँ यतिबेला सबैले आफ्नो घर वरपर सरसफाइ कार्यक्रममा ध्यान दिनु जरुरी रहेको बताए । यदि डेङ्गुको लक्षण देखि हाल्यो भने धर्मार्थ अस्पतालमा गई पहिचान गरि उपचार गर्न प्रमुख बुढाथोकीले अनुरोध गरेका छन् ।

डेङ्गु भनेको के हो? डेङ्गु कसरी लाग्छ ? यसको रोगबाट बच्न र लाग्न नदिन केके उपायहरू अपनाउन सकिन्छ यी विषयमा धर्मार्थ अस्पतालका चिकित्सक डा.सुरज कुमार गुप्त तथा धर्मार्थ स्वास्य चौकी प्रमुख भुवन सुवेदीले अभिमुखीकरण दिनुभएको थियोे । नेकपा एमाले देवघाटका पूर्व अध्यक्ष केशव चन्द्र न्यौपाने,शिद्वमहाकालीका माध्यमिक विद्यालयका प्रधानाध्यापक बासुदेव तिवारी,बज्रयोगिनि माध्यमिक विद्यालयका शिक्षक केशव काफ्ले लगाएतले उक्त कार्यक्रममा सुझाव राखेका थिए ।

उक्त अन्तरक्रिया कार्यक्रममा देवघाट-५ सदस्य सरस्वती परियार,बुद्धि बहादुर पाण्डे,कमला गुरूङ,याम बहादुर मगर,देवघाट गाउँपालिका प्रशासन शाखा प्रमुख गोविन्द प्रसाद पौडेल,शिक्षा शाखा प्रमुख होमनाथ लामिछाने,पर्यटन शाखा प्रमुख होम बहादुर भारती,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,शिक्षक,टोल विकास संस्थाका अध्यक्षहरू लगाएतको उपस्थिति रहेको थियोे । देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष पूर्ण बहादुर कुँवरको अध्यक्षता भएको उक्त कार्यक्रम वडा-५ कार्यालयका सचिव पविता खनालले सञ्चालन गरेका थिए । उक्त कार्यक्रम गाउँपालिकाको सभाहलमा भएको थियोे ।



