देवघाट भदौ २८
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ अन्तर्गत श्री गाउँ सुधार समिती देवपुरले सरसफाइ अभियान कार्यक्रम ल्याएका छन् ।

देशव्यापी रूपमा फैलिरहेको डेंगु रोगलाई कम गर्न र आफ्नो टोलमा डेंगु रोगलाई प्रवेश गर्न नदिन/ नियन्त्रण गर्नको लागि हरेक हप्ताको शनिबार विहान टोल वरपर एउटा अभियानको रूपमा सरसफाइलाई अगाडि बढाएको श्री गाउँ सुधार समिती देवपुरको अध्यक्ष सुकु गुरूङले बताए ।

"आफ्नो टोल आफै सफ गर्रौ,डेंगुबाट बचौँ" भन्ने उद्देश्यका साथ सरसफाइ अभियानलाई अगाडि बढाएको अध्यक्ष गुरूङको भनाइ छ । उक्त सरसफाइ कार्यक्रममा देवपुर टोल भित्रका करिब ६० जना उपभोक्ताहरूको सहभागी रहेको थियोे ।




