शिक्षा दिवसको अवसरमा देवघाट गाउँपालिकाद्वारा शिक्षक र विद्यार्थीलाई सम्मान

images
  • 484
    SHARES
  • आश्विन २, २०८१ बुधबार
    शिक्षा दिवसको अवसरमा देवघाट गाउँपालिकाद्वारा शिक्षक र विद्यार्थीलाई सम्मान
    images

    देवघाट असोज २

    देवघाट गाउँपालिकाले शिक्षा क्षेत्रका १६ जनालाई आज गाउँ कार्यपालिका परिसरमा सम्मान गरेका छन् । राष्ट्रिय शिक्षा दिवसको अवसरमा गाउँ कार्यपालिकाको कार्यालय तथा शिक्षा युवा तथा खेलकुद शाखाले सम्मान कार्यक्रमको आयोजना गरि सम्मान गरेका हुन् ।

    बुधबार देवघाट गाउँपालिकाका उपाध्यक्ष भूवन सिंह गुरुङको उपस्थितिमा SEE तथा कक्षा १२ मा उत्कृष्ट अंक सहित उत्तीर्ण हुने संस्कृत गुरुकुलम् र सामुदायिक विद्यालय तर्फका छात्र छात्रालाई नगद पुरस्कार,दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरेको छ । साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत प्रधानाध्यापकहरु र शैक्षिक सत्र २०८० को कक्षा १२ को परीक्षामा गुरुकुल तर्फबाट नेपाल प्रथम हुन सफल परमानन्द संस्कृत गुरुकुलका छात्र श्रीधर पाण्डेय,सामुदायिक विद्यालय तर्फ कालिमा माध्यमिक विद्यालयबाट कक्षा १२ का अर्जुन रेग्मी र पार्वती माध्यमिक विद्यालयका छात्रा सुनिता गन्दर्भ,त्यस्तै गरि एस.ई.ई.परिक्षामा गुरूकुल उत्कृष्ट  महेश संस्कृत गुरूकुलका सुधीर चालिसे,सामुदायिक विद्यालय तर्फ कालिका माध्यमिक विद्यालयका दिपिका आले र पार्वती माध्यमिक विद्यालयका तेजेन्द्र सुनारीलाई सम्मान गरिएको हो ।

    पुरस्कृत कक्षा-१२ मा उत्तीर्ण गर्न सफल विद्यार्थीलाई १५ हजार र एस.ई.ई. मा उत्तीर्ण विद्यार्थीलाई १० हजार नगद पुरस्कार,दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरेका हुन् भने परमानन्द संस्कृत गुरूकुल,महेश संस्कृत गुरूकुल,कालिका माध्यमिक विद्यालय र पार्वती माध्यमिक विद्यालय गरि चार वटा विद्यालयलाई सम्मान गरेको थियोे । त्यस्तै गरि कार्यक्रममा परमानन्द संस्कृत गुरूकुलका प्रधानाध्यापक डा. स्वामी विमलानन्द सरस्वती र कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्ददेव तिवारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्र प्रसाद श्रेष्ठ र पार्वती माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुल प्रसाद गुरूङलाई समेत सम्मान गरेका थिए भने कालिका माध्यमिक विद्यालयका पिटिए संयोजक बल बहादुर गुरूङ र पार्वती माध्यमिक विद्यालयका पिटिए अध्यक्ष नरजङ्ग गुरूङलाई सम्मान गरिएको हो ।

    शिक्षा दिवसलाई देवघाट गाउँपालिकाले हरेक वर्ष फरकफरक तरिकाले मनाउँदै आएको छ र यस वर्ष भने अलि भिन्नै विद्यार्थी र शिक्षक सबैलाई हौसला मिल्छ भन्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले बताए । उनले शिक्षा मानव जीवनको अति आवश्यक चिज हो शिक्षा विना केही छैन, त्यसलाई विद्यार्थीले गम्भीरतापूर्वक लिनुपर्ने बताए । साथै उपाध्यक्ष गुरूङले देवघाट गाउँपालिकाले हरेक वर्ष विभिन्न क्षेत्रलाई उत्तकृट तरिकाले अगाडि बढाउदै लगेको बताउदैँ पालिकाको तर्फबाट गर्नुपर्ने कामहरूमा सधै तत्तपर भएर अगाडि बढ्ने प्रतिवद्वता व्यक्त गरेका थिए ।

    सो कार्यक्रममा देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष पुर्ण बहादुर कुँवर,शिक्षा शाखा प्रमुख होमनाथ लामिछाने,वडा-५ सदस्यहरु सरस्वती परियार,कमला गुरूङ,याम बहादुर मगर,बुद्धि बहादुर पाण्डे,महेश संस्कृत गुरुकुलका शिक्षक पूजक बास्कोटा,शिक्षक विद्यार्थीहरू लगायत गरि लगभग २ सय जनाको उपस्थिति रहेको थियोे । साथै कार्यक्रममा कालिका माध्यमिक विद्यालय तथा बराह आधारभुत विद्यालयका छात्राहरु द्वारा नृत्य प्रस्तुत गरि कार्यक्रमलाई अझै भव्य बनाएको थियो भने उक्त कार्यक्रम देवघाट गाउँपालिका शिक्षा शाखाका कर्मचारी शुभद्रा भट्टराईले सञ्चालन गरेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend