देवघाट असोज १०
तनहुँको देवघाटमा दिनहुँ बाँदरको आक्रमण बढेको छ । धेरै वर्षदेखि बाँदरको आतंक खेप्दै आएका देवघाटवासीहरूले हैरानी खेपिरहेको छ भने दिनहुँ जसो एक / दुई जना रगताम्य बनि रहेको छ ।

देवघाट टाउनचोक निवासी ९२ बर्षिय पवित्रा पौडेललाई पनि आज (बिहिवार)बिहान करिब ११ बजे सदाझै आफ्नो घर अगाडि बसिरहेको बेला सानासाना बाँदरका बच्चाहरूहरू सँगै ठुलो साँढे बाँदर पनि कराइरहेका थियो । सधैजसो लौराले धपाएर भाग्ने बाँदर आज सिधै बृद्धाआमा माथि जाइलागेको छ । बाँदरले ढाडमाथि बसि कोपर्ने,चिथोर्ने गरी टोकि हाल्यो र रगताम्य बनाइ बृद्धाआमा घाइते भएका थिए।
बिहान देखि साझासम्म बाँदरले कतैबाट आएर चिथोर्ने,कोपर्ने र टोक्ने पो हो कि भनि चिन्ता र डरैडरमा हिड्नुपर्ने बाध्यता रहेको स्थानीय रक्षा कार्कीको भनाइ छ । अब त बाँटो हिड्दा जो कोहिले एउटा लामो लौरो सहायता लिएर हिड्नुपर्ने बाध्यता आएको छ नलिए बाँदरको आक्रमणबाट बाँच्नै गाह्राे छ उनलेे बताए । स्थानीय हरिलाल सापकोटाले बाँदरले बृद्धाआमाको ढाडमा हड्डि निस्कने गरि टोकेको देख्ने बित्तिकै आफू घरबाट छिटोछिटो गई लौरालौराले बाँदरलाई हानि बाँदर धपाइ अझै थप आक्रमण हुनबाट बचाएको बताए ।
सो लगत्तै नजिकैको देवघाट गाउँपालिकाद्वारा सञ्चालित धर्मार्थ हस्पिटल लगी टि.टि.को सुई लगाइ रगत बग्न कम गराइ घर ल्याएको सापकोटाले बताए । बृद्धाआमा भने घरमा एक्लै बस्दै आइरहेको छ । थप उपचारको लागि भोलि बिहानै करिब ८ बजे भरतपुर हस्पिटल रेबिजको सुई लगाउन लाने सापकोटाले बताए । हालको परिवेशमा देवघाटको मुख्य समस्याको रूपमा बाँदर आतंक बढेको छ यसलाई स्थानीय सरकारले मध्येनजर राखी छिटोभन्दा छिटो समाधान गर्नुपर्ने स्थानीय उमेश नैनावर्तीले बताए ।
बाँदरको टोकाइबाट आजसम्ममा हरेक दिन देवघाटमा बृद्धा र युवाहरू सबै घाँइते बनेका छन् भने सानासाना बालबालिकाहरू विद्यालय पढ्न जान समेत खोज्दैन् । स्थानीय मात्रै हैन कि देवघाट पूजाअर्चना गर्नका लागि आउने तिर्थालु भक्तजन,घुम्न आउने पर्यटकलाई पनि बाँदरले आक्रमण गरेर घाँइते बनाइरहेको छ । उनिहरूले पुजा गर्न ल्याएका सबै प्रसाद,फलफूल सबै बाँदरले खोस्छन् ।
देवघाटमा बाँदर आतंक रोक्न समिति त गठन भैसकेको छ अब तत्काल बाँदरलाई कसरी नियन्त्रण गर्ने हो त्यस विषयलाई ध्यान दिन समितिलाई स्थानीयले ध्यानाकर्षण गराएका छन् ।



