देवघाट असोज १२
देवघाट गाउँपालिका वडा नम्बर-५ साँढेबगर स्थित महादेव आधारभुत विद्यालय बाढीको कारण डुबानमा परेको छ । विहिबार रातीदेखी परेको अविरल वर्षापछि कालीगन्डकी नदीमा आएको बाढीले उक्त विद्यालय डुबानमा परेको विद्यालयका प्रधानाध्यापक शिवहरी वाग्लेले बताए ।
प्रधानाध्यापक वाग्लेका अनुसार विद्यालयमा बाढी पसेपछि विद्यालयको प्रशासन कक्षमा रहेको सबै कागजात नष्ट भएको छ । शुक्रबार दिउँसो पढाई सकेर घर गएको र शनिबार बिहानै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा बहादुर गुरूङले बिद्यालय डुवानमा परेको खबर गर्ने लगत्तै विद्यालय गएको प्रधानाध्यापक बताए । उनले घर चितवन भएको हुदाँ समयमै विद्यालय पुग्न नसक्दा महत्त्वपूर्ण कागजातहरू पानीको ढुवानमा परेको बताए ।
यस अघि गत असार २२ गते आएको बाढीले पनि उक्त विद्यालय डुबानमा परेको थियो । उक्त विद्यालयमा १४ जना विद्यार्थी अध्ययनरत छन् । नदी किनारमा विद्यालय हुँदा हरेक वर्षायाममा विद्यालयले जोखिम मोल्नु परेको प्रधानाध्यापक बताउनुहुन्छ



