देवघाट असोज १९
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ खेलकुद समितिको आयोजनामा आयोजित महिला तथा पुरुष छनोट भलिबल प्रतियोगिता नयाँबस्ती स्थित हाटबजारको प्राङ्गणमामा आज (शनिबार) सम्पन्न भएको छ ।

गत असोज १७ गते सुरू भएको उक्त भलिबल प्रतियोगिता आज १९ गते शनिबार सम्पन्न भएको हो । देवघाट-५ खेलकुद समितिले प्रत्येक वडाबाट राम्रो खेलाडीहरू छनोट गरि पालिका स्तरीय राम्रो महिला र पुरूष तर्फ एउटा टिम तयार पार्ने उद्देश्यले खेलको आयोजना गरिएको देवघाट-५ खेलकुद समितिका अध्यक्ष खेम राना मगरले बताए ।

उक्त भलिबल छनोट अन्तर्गत महिला तर्फ झारखानीबाट परिमायाँ आले, गंगा आले मगर,प्रतिक्षा थापा मगर,जमुना आले मगर,विद्या राना मगर छनोट भएका छन् । त्यसैगरी साउने तर्फबाट सिरिया भुजेल,कृतिकम माझी र नयाँवस्ती कृतिका शाही, जिविका बोटे,गिता बोटे,रजिना बोट,कृष्मा शाही,सृष्टि बोट,क्युदीबाट मुस्कान तामाङ्ग,रूविना गुरूङ,आयुशा गुरूङ,शिल्पा गुरूङ लगाएत गरी महिला तर्फ १७ जना खेलाडीहरू छनोट गरेको छ । त्यस्तै गरि पुरूष भलिबल तर्फ सुन्दरवस्तीबाट विपिन मगर,मुस्कान मगर,साकार आले,आयुस आचार्य,प्रितम गुरूङ छनोट भएका छन् ।

त्यस्तै जलदेवी टोलबाट सुमन भुजेल, संजोग भुजेल,रोशन भुजेल, रूबेन भुजेल, विराज भुजेल र सन्दिप भुजेल,देवपुर टोलबाट राम बहादुर गुरूङ,भिम बहादुर थापा,नयाँवस्तीबाट राम थापा,सन्दिप आले,रविन मगर,साँढेबगरबाट विवस गुरूङ,सुनिल गुरूङ र आकाश मगर त्यस्तै गरि देउपुरबाट सुसन गुरूङ,निगम मगर र कृष्ण गुरूङ, कालिमाटीबाट कृतन आले मगर लगायत गरी २३ जना पुरूष छनोट भएका छन् ।

महिला र पुरूष गरी ४० जना खेलाडी छनोट गरेको छ । उक्त कार्यक्रमको समापन देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाको प्रमुख अतिथ्य तथा उपाध्यक्ष भुवन सिं गुरूङको विशिष्ट अतिथ्यमा भएको थियोे । सो कार्यक्रममा देवघाट-५ सदस्य बुद्धि बहादुर पाण्डे, देवघाट युवा तथा खेलकुद समिति अध्यक्ष अमर बहादुर फेवाली,देवघाट गाउँपालिका कार्यक्रम संयोजक कृष्णराज पन्त,कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक डा.सुरेन्द्र प्रसाद श्रेष्ठ,देवघाट व्याडमिण्टन संघका अध्यक्ष अनिल मिश्र,देवघाटधाम जेसीजका अध्यक्ष जेसी रघु मल्ल,लियो क्लब अफ देवघाट चौतारीका अध्यक्ष लियो स्वस्तिका धिताल लगाएतको उपस्थिति रहेको थियोे ।




