देवघाट असोज १९
तनहुँको देवघाटमा"देवघाट सामाजिक संयन्त्र"साझा समिति गठन गरिएको छ ।
उक्त समिति आज (शनिबार) देवघाट-५ स्थित सिटिहलमा वृहत् छलफल कार्यक्रमको आयोजना गरि ९ सदस्यीय समिति गठन गरिएको हो । देवघाटको समसामयिक विषयलाई उजागर गर्दै पवित्र धार्मिक तीर्थस्थलको रुपमा अवस्थित देवघाटधाम सहित समग्र देवघाट गाउँपालिकाको ५ वटै वडाको विकास निर्माण र पहिचानका साथै बिकृति,विसंगति,भ्रष्टाचार र अनियमितताप्रति खबरदारी गर्दै राम्रा कार्यहरुलाई प्रशंसा र हातेमालो गर्दै साथै गाउँपालिका भित्र भएका विकास निर्माणका कार्यहरुमा सर-सल्लाह र सुझावहरू साटफेर गर्दै अगाडि बढ्नको समितिको उद्देश्य रहेको छ ।
उक्त समितिको अध्यक्ष पदमा अर्जुन अधिकारी चयन भएका छन् । उपाध्यक्ष पदमा शान श्रेष्ठ,सचिव पदमा बलबहादुर क्षेत्री र कोषाध्यक्ष पदमा दुर्गालाल गुरुङ चयन भएका छन् । भने त्यस्तै गरि सदस्यहरुमा सोमनाथ ढकाल, सुकु गुरुङ, डिल्लीराम गिरी, विवेक बोगटी र विकास ढकाल चयन भएका छन् ।
उक्त कार्यक्रम देवघाट गाउँपालिकाकाअध्यक्ष तिल बहादुर थापाको प्रमुख अतिथ्य तथा उपाध्यक्ष भुवन सिं गुरूङको विशिष्ट अतिथ्यमा भएको थियोे ।



