देवघाट असोज २९
साविक वडा स्तरीय भलिबल प्रतियोगिता तथा वृहत् साँस्कृतिक कार्यक्रम देवघाट-२ जरममा मंगलबारबाट सुरू भएको छ ।
लाङ्घाली विकास युवा क्लवको आयोजनामा भएको उक्त प्रतियोगिता आजबाट क्लव भवनको प्राङ्गणमा सुरू भएको छ। सो प्रतियोगिताको आज कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस जिल्ला सदस्य अर्जुन अधिकारीले खेलाडीहरूलाई बल हस्तान्तरण गरि समुद् घाटन गर्नुभएको थियोे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिकारीले मानवको लागि अति आवश्यक खेलकुद मध्यको एक भलिबल पनि हो भन्दै "स्वास्थ्यको लागि खेल,राष्ट्रको लागि खेल" भन्ने मुल मुन्त्रलाई आधार मानी खेलकुदलाई अगाडि बढाउनु पर्ने बताउनुभयो । उनले शिक्षा सँगैखेललाई पनि अगाडि बढाउन सके खेलकुदको बिकास हुने समेत बताउनुभयो ।
उक्त प्रतियोगितामा ३७ टिमको सहभागी रहेको छ। कार्यक्रममा देवघाट-२ वडा अध्यक्ष मीन बहादुर राना, रविन्द्र गुरूङ लगायतले शुभकामना मन्तव्य दिनु भएको थियोे । भने प्रतियोगितामा पुरस्कार क्रमश:प्रथम पुरस्कार ५० के.जी. खसी,द्वितीय पुरस्कार ४० के.जी खसी र तृतीय पुरस्कार ३० के.जी खसी रहेको छ । दुर्गा बहादुर रानाले सञ्चालन गर्नु भएको सो कार्यक्रम क्लवका अध्यक्ष लोकेस सिंजाली मगरको अध्यक्षता रहेको थियो ।



