देवघाट, कार्तिक १
देवघाट गाउँपालिका वडा नम्बर-५ स्थित चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्था लि.द्वारा सन्चालित (चक्रवर्ती डेरी उद्योग)ले देवघाट–५ टाउनचोकमा डेरी पसलको शुभारम्भ गरेको छ ।

आज(विहिबार) उक्त डेरी पसलको सुभारम्भ सहकारीकी संस्थापक अध्यक्ष शुशिला नेपालले पुजा गरि गरिन् । भने सहकारीकी सल्लाहाकार ठाकुर कुमारी काफ्लेले पहिलो ग्राहक ढकराज कोइरालालाई सामाग्री विक्री गरेकी थिइन् । डेरीबाट उत्पादित दुग्धजन्य वस्तुहरु आफ्ना नियमित उपभोक्ता तथा सर्वसाधारणको सहजताको लागि टाउन चोकमा पसल सन्चालन गरिएको सहकारीकी व्यवस्थापक संगिता ओझाले बताइन् ।

सहकारीले सन्चालन गरेको डेरीबाट उत्पादित दुग्धजन्य पदार्थहरु दूध, दहि, घ्यु, पनिर, कुल्फी, आईसक्रिम र खुवा लगायत अवदेखी उक्त पसलबाट पनि विक्री गरिने व्यवस्थापक ओझाले बताइन् । सहकारीले टाउनचोकमा डेरी पसल सन्चालन गरेपछि त्यस क्षेत्रका सर्वसाधरणहरु खुसी भएका छन् । अब घर नजिकैको पसलबाट दूध, दही, घ्यु, पनिर, लगायतका उत्पादन पाइने भएपछि सर्वसाधरणले खुसी व्यक्त गरेका छन् ।

सो पसल शुभारम्भ कार्यक्रममा सहकारीका सल्लाहकार मिठुदेवी पौडेल,उपाध्यक्ष सितादेवी दाहाल,सचिव राधादेवी खनाल, सन्चालक सदस्य साधाना उपाध्याय, सुष्मा तामाङ, बसन्ती थापा, ऋण उप-समितिका संयोजक तारादेवी सापकोटा लेखा संयोजक गंगा न्यौपाने लगायत शेयर सदस्य तथा सर्वसाधरणहरुको उपस्थिती रहेको थियो ।

सहकारीले आफ्ना शेयर सदस्यबाट संकलित दुधबाट ती बस्तुहरु उत्पादन गर्दै आएको छ । उक्त सहकारीका देवघाट गाउँपालिकाको वडा नम्बर १,४ र ५ का ७९४ जना महिला शेयर सदस्य छन् । सहकारी मार्फत दैनिक ५७० लिटर दुध संकलन हुँदै आएको छ । शेयर सदस्यहरुले उत्पादन गरेको दूध सहकारीले खरिद गरि दुग्धजन्य बस्तुहरु उत्पादन गरि विक्रि गर्दै आएको छ ।

सहकारीको आफ्नै चक्रवर्ती डेरी उद्योगबाट उत्पादित बस्तुहरु चितवनको नारायणगढ, भरतपुर, मुग्लिङ, हेटौंडा, कावासोती, गैडाकोट लगायतका बजारहरुमा डेरी पसल मार्फत पनि विक्रि हुँदै आएको छ भने सहकारीको भवनबाट पनि उल्लेख्य मात्रामा विक्रि हुँदै आएको अध्यक्ष तारादेवी पन्तले बताइन् ।



