देवघाटधामको जेसीज सप्ताह:बालबालिकासँग जेसीज र गोडमेल कार्यक्रम गरी सुरू

images
  • 416
    SHARES
  • कार्तिक २, २०८१ शुक्रबार
    देवघाटधामको जेसीज सप्ताह:बालबालिकासँग जेसीज र गोडमेल कार्यक्रम गरी सुरू
    images

    देवघाट कार्तिक २

    देवघाटधाम जेसीजको जेसीज सप्ताह-२०२४ कार्यक्रम आजबाट सुरू भएको छ । उक्त सप्ताह कार्यक्रम शुक्रबार बिहान देवघाट-५ स्थित रहेको माँ-कल्याणी बैदिक कन्या गुरूकुलमा बालबालिकासँग जेसीज कार्यक्रमको आयोजना गरी समुद्घाटन गरिएको छ ।

    463740714_525896783410274_269997839913425218_n.jpg

    हरेक वर्ष जस्तै यस वर्ष पनि समाजलाई प्रभाव पर्ने गरि देवघाटधाम जेसीजले विभिन्न कार्यक्रमको आयोजना गरि साप्ताहिक कार्यक्रम गर्न लागेको देवघाटधाम जेसीज वर्ष-२०२४ का महासचिव एवं साप्ताहिक कार्यक्रमका मूल-संयोजक जेसी प्रशन्न ढकालले बताउनुभयो । सो सप्ताह कार्यक्रमको प्रमुख अतिथि देवघाटधाम जेसीजका मानार्थ सदस्य एवं वडा नम्बर-५ अध्यक्ष पूर्ण बहादुर कुँवरले व्यानर पढेर उद्घाटन गर्नुभएको थियोे । अध्यक्ष कुँवरले देवघाटधाम जेसीजले धेरै राम्रो कामहरू गर्दै अगाडि बढेको बताउनुभयो ।

    51b52dd8-b4e1-42af-b938-3f849cd5006a.jpeg

    उनले स्थानीय सरकारले गर्नुपर्ने कतिपय कामहरू देवघाटधाम जेसीजले गर्दै आएको भन्दै धन्यवाद व्यक्त गर्नु भएको थियोे । साथै आगमि दिनहरूमा पनि जेसीजले सकारात्मक तरिकाले समाजको भलाइका लागि कार्यक्रमहरू गर्दै अगाडि बढ्न अनुरोध गर्नुभयो र जेसीज प्रति स्थानीय सरकार सदैब सकारात्मक रहेको समेत बताउनुभयो । सप्ताहको सुभारम्भ सँगै देवघाट बिजुली पसलको सहकार्यमा माँ-कल्याणी बैदिक कन्या गुरूकुलमा स्टेसनरी समग्री वितरण गरिएको थियोे ।

    0981bcfb-4a3c-43f6-9dfb-8497cbe30ac6.jpeg

    सप्ताहको उद्घाटन सँगै गुरूकुलका बालबालिकाहरूका लागि आवश्यक स्टेसनरी सामग्री वितरण एवं देवघाट-४ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको भवन परिसर वातावरण संरक्षण तथा गोडमेल कार्यक्रम सम्पन्न गरिएको देवघाटधाम जेसीजका अध्यक्ष जेसी रघु मल्लले बताउनुभयो । सप्ताह समुद्घाटन कार्यक्रमका विशिष्ट अतिथि देवघाटधाम जेसीजका संस्थापक अध्यक्ष जेसी विकास सापकोटाले देवघाटधाम जेसीजले देवघाटको हितको लागि काम गर्दै आएको बताउनुभयो ।

    97b85cca-ede8-4bf1-b873-8db655df64f2.jpeg

    उनले यहाका संघसंस्था र स्थानीय सरकारले जेसीज बुझेर भरपुर सहयोग गरेको बताउदैँ आगमि दिनहरूमा पनि देवघाटको हितको लागि सहकार्य गर्दै अगाडि बढ्ने बताउनु भएको थियोे । सप्ताह समुद्घाटन कार्यक्रम देवघाटधाम जेसीज वर्ष-२०२४ का उपाध्यक्ष जेसी रक्षा कार्की संयोजकत्वमा भएको थियोे भने देवघाटधाम जेसीज वर्ष-२०२४ का उपाध्यक्ष जेसी सुष्मा गुरूङको संयोजकत्वमा वातावरण संरक्षण तथा गोडमेल कार्यक्रम सम्पन्न भएको थियोे ।

    8084698a-8793-4977-b8d4-8a84545dda68.jpeg

    सो सप्ताह कार्यक्रमको मुल-संयोजक देवघाटधाम जेसीज वर्ष-२०२४ का महासचिव जेसी प्रशन्न ढकाल रहनुभएको छ । उक्त सप्ताह कार्यक्रमको शुभारम्भमा वडा-५ सदस्य बुद्धि बहादुर पाण्डे लगायत देवघाटधाम जेसीजका अध्यक्ष लगायत बोर्डमा सम्पूर्ण पदाधिकारीहरूको सहभागीता रहेको थियोे ।

    d38d859a-326e-4e95-81a9-9adca0b64646.jpeg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend