देवघाटका टंकनाथ पौडेललाई अन्तरास्ट्रिय अवार्ड

images
  • 469
    SHARES
  • कार्तिक ७, २०८१ बुधबार
    देवघाटका टंकनाथ पौडेललाई अन्तरास्ट्रिय अवार्ड
    images

    देवघाट कार्तिक ७

    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर -५ निवासी हुन् टंक नाथ पौडेल । हाल व्यवसायको सिलसिलामा भरतपुर चितवन बस्दै आउनुभएको छ पौडेल ।

    सानै उमेर देखि सहयोगी स्वभाव भएका पौडेलले अहिलेसम्म समाजको हितका लागि थुप्रै कामहरू गरिसकेका छन् । पौडेल समाजको हितका लागि गरेका कामहरूले धेरै पटक सम्मानित भैसकेका छन् ।

    1f176fdb-5bc2-4389-a784-f01c476ee9c2.jpeg

    सो सँगै फेरि समाजसेवा र शिक्षाको क्षेत्रमा उल्लेखनिय कार्य गरेबापत अन्तर्राष्ट्रिय समरसता मंचले संयुक्त राष्ट्र स्थापना दिवसका अवसरमा भारतको दिल्लीमा जम्बूद्वीप पद्म श्री अवार्ड पौडेलले पाउने भएको छ । पौडेल भरतपुर चितवन स्थित श्री मैयाँदेवी कन्या कलेजका अध्यक्ष हुन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend