देवघाट कार्तिक ११
तनहुँको देवघाट-५ अवस्थित रहेको किसान बचत तथा ऋण सहकारी संस्था लि.को सप्तगण्डकी सेवा केन्द्रद्वारा आयोजित विस्तारित मञ्च कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम आइतबार देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष पूर्ण बहादुर कुँवरको प्रमुख अतिथ्यमा भएको थियोे । सोही क्रमममा अध्यक्ष कुँवरले किसान सहकारीले देवघाटधाममा धेरै राम्रो सेवाहरू दिदै आएको बताउनु भयो । उनले सेयर सदस्यहरूलाई आवश्यक परेको बेला नियम अनुस सजिलैसँग ऋण दिदै आएकोका उक्त कार्यलाई सराहनीय रहेको बताउनुभयो ।

अध्यक्ष कुँवरले अन्य बित्तीय संघसंस्थाले भन्दा सहकारीले राम्रो काम गरेको बताउदैँ सधै राम्रो गर्न आग्रह गर्नुभएको थियोे । साथै सो कार्यक्रममा सहकारीले अघिल्लो महिनामा उत्तकृट काम गरे वापत राम प्रसाद जैसीलाई सम्मान गरिएको थियोे । जैसीलाई दोसल्ला र भित्ते घडी स्वरूप सम्मान गरिएको हो । सहकारीले हरेक महिनामा उत्कृष्ट कार्य गरे बापत सम्मान गर्दै आएको छ ।

सो कार्यक्रममा व्यवस्थापन सदस्य दधिराम सापकोटाले स्वागत मन्तव्य दिनु भएको थियोे । भने चक्रवर्ती सामुदायिक वनका अध्यक्ष डिल बहादुर गुरूङले कार्यक्रमको विषय स्पष्ट पार्नुभएको थियोे । सो कार्यक्रममा किसान बचत तथा ऋण सहकारीका देवघाट शाखाका इन्चार्ज प्रतिमा अधिकारीले २०८०/०८१ को प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे र २०८१/०८२ को प्रस्तावित निति नियम सहकारीका अध्यक्ष भिम सुवेदीले प्रस्तुत गर्नुभएको थियोे ।

साथै कार्यक्रममा किसान बचत तथा ऋण सहकारीका सह-सचिव दुर्गा प्रसाद चालिसे,देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल,देवघाट वडा-५ का पूर्व वडाअध्यक्ष एवं सप्तगण्डकी सेवा केन्द्रका सल्लाहकार याल बहादुर गुरूङ, देवघाट-१ का पूर्व वडाअध्यक्ष भिम बहादुर गुरूङ,सल्लाहकार दिनेश काफ्ले ,सहकारीका पूर्व अध्यक्ष ऋषिराम सुवेदी, सहकारीका कार्यसमितिहरू लगायत सेयर सदस्यहरूको सहभागीता रहेको थियोे । व्यवस्थापन उप-समितिका सह-संयोजक होम बहादुर भारतीले कार्यक्रम सञ्चालन गर्नुभएको थियोे ।



