चक्रवर्ती सामुदायिक वनको अध्यक्षमा पुनः दिल बहादुर गुरूङ चयन

images
  • 549
    SHARES
  • कार्तिक १२, २०८१ सोमबार
    चक्रवर्ती सामुदायिक वनको अध्यक्षमा पुनः दिल बहादुर गुरूङ चयन
    images

    देवघाट कार्तिक १२

    चक्रवर्ती सामुदायिक वन उपभोक्ता समूहको २६ औँ साधारणसभा एवं १३ औँ अधिवेशन सम्पन्न भएको छ । १३ औँ अधिवेशनबाट अध्यक्ष पदमा पुनः डिल बहादुर गुरूङ चयन हुनु भएको छ ।

    c93cee9c-86ae-4350-8b0e-842e52b0d955.jpeg

    गुरूङले अध्यक्ष कार्यकाल भित्र वनको राम्रो काम गरेको भन्दै पुनः अध्यक्ष पदमा चयन गरिएको हो । त्यस्तै गरि उपाध्यक्ष पदमा खेम बहादुर रानामगर,सचिव पदमा प्रेम बहादुर थापामगर,कोषाध्यक्ष पदमा उषा नैनावस्ती र सदस्यहरू भरिमाया गुरूङ,सुकुमाया गुरूङ,भारती पौडेल,गणेश थापा,ऋषिराम सुवेदी,दधिराम सापकोटा,सान बहादुर परियार गरी ११ सदस्यीय समिति चयन भएको छ ।

    464955096_532874252712527_5760190855071897147_n.jpg

    उक्त सभा सोमबार वनको सभाहलमा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाको प्रमुख अतिथ्यमा भएको थियोे । सभामा सम्बोधन गर्दै अध्यक्ष थापाले देवघाटको सामुदायिक वनहरू मध्येमा चक्रवर्ती सामुदायिक एउटा राम्रो सामुदायिक वन अन्तर्गत पर्ने बताउनुभयो ।

    464780642_532166739449945_277280312254792644_n.jpg

    उनले सामुदायिक वन भित्रका क्रियाकलाप हरू लगायत लगायत अन्य कदमहरूमा पनि चक्रवर्ति अग्रसर रहेको बताउदैँ आगमि दिनहरूमा पनि नियम अनुसार वनलाई अगाडि बढाउन अनुरोध गर्नुभएको थियोे । सो कार्यक्रमका विशिष्ट अतिथि स्थानीय वन महासंघ गण्डकी प्रदेश सचिव केशव चन्द्र न्यौपानेले वन ऐन अनुसार सामुदायिक वनलाई अगाडि बढाउन अनुरोध गर्नुभएको थियोे ।

    464809098_532876839378935_5868152392586007752_n.jpg

    न्यौपानेले देवघाटका कतिपय सामुदायिक वनका अध्यक्ष लगायत अन्य पदाधिकारी वन ऐन सम्बन्धमा अनविज्ञ छन् त्यसै कारणले विभिन्न समस्या परेको बताउदैँ वन ऐन सम्बन्धि नियमावलीहरू अध्ययन गर्न अनुरोध गर्नु भएको थियोे । साथै कार्यक्रममा सव-डिभिजन वन कार्यालय देवघाटका अधिकृत कृष्णप्रसाद भट्टले देवघाटको उत्कृष्ट सामुदायिक वनहरू अन्तर्गत यस चक्रवर्ती सामुदायिक वन पनि पर्ने बताउनु भयो । उनले सामुदायिक वनलाई नियम अनुसार अगाडि लैजाने हो भने समाजमा धेरै फाइदा उत्पन्न हुन्छ जसबाट उपभोक्ताहरूले आयआर्जन गरि आफ्नो आर्थिक अवस्था उकास्न सकिन्छ ।

    464835657_532876166045669_4525004861856054397_n.jpg

    साथै अधिकृत भट्टले सामुदायिक वनलाई एउटा आम्दानीको स्रोतको रूपमा अगाडि बढाउन सामुदायिक वनलाई अनुरोध गर्नुभएको थियोे । उक्त सभामा २०८०/०८१ को आयव्यय तथा २०८१/०८२ को भावि योजना वनका सचिवालय सचिव प्रेम थापा मगरले प्रस्तुत गर्नुभएको थियोे भने प्रगति प्रतिवेदन वनका सचिव खेम बहादुर रानामगरले प्रस्तुत गर्नुभएको थियोे । सो कार्यक्रममा देवघाट-५ वडाका पूर्व अध्यक्ष याल बहादुर गुरूङ,देवघाट टोल विकास संस्थाका अध्यक्ष सुकु गुरूङ,कालिका सामुदायिक वनका अध्यक्ष कृष्णराज न्यौपानेले मन्तव्य दिनु भएको थियोे ।

    464791624_532875789379040_5937993372862367888_n.jpg

    अधिवेशनको अवसरमा वनले बराह आधारभूत विद्यालयमा कक्षा १ र २ मा अध्ययनरत एक छात्र र एक छात्रा लाई छात्रवृत्ति दिइएको थियोे भने जेष्ठ उपभोक्तालाई सम्मान गरिएको थियोे ।अधिवेशनको अवसरमा वनले बराह आधारभूत विद्यालयमा कक्षा १ र २ मा अध्ययनरत एक छात्र र एक छात्रा लाई छात्रवृत्ति दिइएको थियोे भने जेष्ठ उपभोक्तालाई सम्मान गरिएको थियोे ।

    464854240_532876212712331_8163875162467439517_n.jpg

    भने उत्कृष्ट उपभोक्तालाई समेत सम्मान-पत्र मार्फत सम्मान गरिएको थियोे । कार्यक्रम वनका अध्यक्ष दिल बहादुर गुरूङको अध्यक्षतामा भएको थियोे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend