देवघाटमा भोलि आठौं देवपुर सांस्कृतिक महोत्सव हुने, यी हुन् महोत्सवको आकर्षण:

images
  • 290
    SHARES
  • कार्तिक १३, २०८१ मंगलबार
    देवघाटमा भोलि आठौं देवपुर सांस्कृतिक महोत्सव हुने, यी हुन् महोत्सवको आकर्षण:
    images

    चितवन, कात्तिक १३-

    देवघाट गाउँपालिका–५ देवपुरस्थित डबली पार्कमा भोलि आठौं देवपुर सांस्कृतिक महोत्सव हुँदै छ । गाउँ सुधार समिति देवघाटले हरेक वर्ष तिहारको अवसरमा महोत्सव गर्दै आएको छ ।

    464829475_533482315985054_6519397892962563877_n.jpg

    महोत्सवको माध्यमबाट स्थानीय संस्कृति संरक्षण र सम्बर्द्धन गराउने मुख्य उद्देश्य रहेको गाउँ सुधार समिति देवघाटका अध्यक्ष शुकु गुरुङले बताए । ‘लोककला, संस्कृति संरक्षणमा हाम्रो अभियान’ भन्ने नारासहित आयोजना हुने महोत्सवलाई कालान्तरसम्म पनि निरन्तरता दिने उनले बताएका छन् । महोत्सवको मुख्य आकर्षणको रुपमा गाउँपालिकास्तरीय खुला मौलिक कौराहा प्रतियोगीता एवम् नचरी नाच, तामाङ सेलो, घाँटु, भजनलगायतका विभिन्न जातजातिको भेषभू‌षा प्रदर्शनी गरिनुका साथै राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने उनले जानकारी दिए ।

    465029912_533482919318327_4326149533126438043_n.jpg

    महोत्सवको संरक्षकमा देवघाट गाउँपालिका रहनेछ । खुला कौराहा प्रतियोगीतामा प्रथम हुनेले नगद १५ हजार, द्वितीय हुनेले नगद १० हजार, तृतीय हुनेले नगद ७ हजार र सान्त्वना हुनेले नगद ५ हजार रुपैयाँ प्राप्त गर्ने महोत्सवको आर्थिक संयोजक प्रेम थापा मगरले जानकारी दिए । महोत्सव भोलि बिहान ११ बजेदेखि सुरु हुने छ भने गाउँपालिकास्तरीय खुला कौराहा प्रतियोगीतामा दर्ता शुल्क नलाग्ने कार्यक्रम संयोजक आशिक रानामगरले जानकारी दिए ।

    465046439_533482459318373_3269689773022242851_n.jpg

    महोत्सवमा वरिष्ठ लोक तथा दोहोरी गायक अमरविरही गुरुङ, लोक तथा दोहोरी गायिका चन्द्रा गुरुङ, लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, पृथ्वी गुरुङ, गायिका आशा बिसी र जादुगर बलराम सरकारको प्रस्तुती रहनेछ । देवघाट गाउँपालिका उपाध्यक्ष भुवनसिंह गुरुङले देवपुर महोत्सव समग्र देवघाटको नै महोत्सव बन्दै गएको बताए । उनले यहाँ रहेका जातजातिका कला संस्कृति भेषभुषा संरक्षणका लागि यो महोत्सव निकै महत्वपूर्ण रहेको भन्दै यो महोत्सवले पछाडि परेका जातजातिको उत्थानका लागि सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend