देवघाटधाम गण्डकी परिक्रमा महोत्सव सफल बनाउन आज देवघाट गाउँपालिकाको आह्वानमा अन्तरक्रिया

images
  • 250
    SHARES
  • कार्तिक २३, २०८१ शुक्रबार
    देवघाटधाम गण्डकी परिक्रमा महोत्सव सफल बनाउन आज देवघाट गाउँपालिकाको आह्वानमा अन्तरक्रिया
    images

     देवघाट कार्तिक २३

    देवघाटधाम गण्डकी परिक्रमा महोत्सव-२०८१ लाई सव्यभव्य रूपमा सम्पन्न गर्न लागि आज (शुक्रबार) देवघाट गाउँपालिकाको आह्वानमा तनहुँ देवघाट-५ का टोलविकास संस्था, सामुदायिक वन र अन्य विभिन्न संघसंस्थाको उपस्थितिमा विस्तृत छलफल गरि परिक्रमालाई सफल बनाउने विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी आह्वान र अनुरोध गर्ने कार्य सम्पन्न गरिएको कार्यक्रम संयोजक एवं महेश संन्यास आश्रमका प्राचार्य फणीन्द्र प्रसाद पौडेलले बताउनु भयो । साथै पौडेलले महोत्सवलाई सफल पार्न सबैजना आ-आफ्नो ठाउँबाट एकदम लागि परेको बताउदैँ भोलि देखि नै प्रचारप्रसार देखि लिएर सबै कुराहरूहरू व्यवस्थापन गर्ने काम अगाडि बढाउने जानकारी दिनुभएको थियोे ।

    1667829472-WA62L.jpg

    कार्तिक २९ गते बिहान ७ बजे देवघाटधामको बेणी संगमबाट सुरु हुने उक्त गन्डकी परिक्रमा अन्तर्गत तनहुँ तर्फ पशुपतीनाथ मन्दिर, गंगा मन्दिर, अघोर आश्रम, गलेश्वर आश्रम (सिद्धेश्वर मन्दिर), दुर्गा पान्चायन मन्दिर, चक्रवर्ती आश्रम (मणिमुकुन्देश्वर मन्दिर), महेश सन्यास आश्रम (विद्येश्वर मन्दिर), अभय सन्यास आश्रम (रामेश्वर मन्दिर), हरिहर सन्यास आश्रम (हरिहर मन्दिर), राम मन्दर, लक्ष्मीनारयण मन्दिर, देवघाट पुलको मुख (गणेश मन्दिर, केदारेश्वर मन्दिर र बद्रिनाथ मन्दिर) को परिक्रमा गरिनेछ ।

    1667829593-yxq2S.jpg

    यस्तै चितवन तर्फ देवघाट बसपार्कको संकल्पेश्वर हनुमान मन्दिर, छेदेन थर्वालिङ गुम्बा, विश्वशान्ति यज्ञशाला मन्दिर, राम मन्दिर, राधाकृष्ण मन्दिर, लक्ष्मीनारयण मन्दिर, सिताराम संस्कृत मावि, कन्या गुरुकुल, धर्मदर्शन आश्रम, योगी नरहरीनाथ गौशाला बागेश्वरी मन्दिर, आपँटारी दियालो बंगाल चोक, गणेशधाम क्षेत्र, बौद्ध गुम्बा बसेनी, गौरेश्वर शिव मन्दिर पोखराबसर्पाक, राजयोग सेवा केन्द्र नारयणगढ, हरिहर मन्दिर नारयणगढ, श्रीराम मन्दिर पुल्चोकको परिक्रमा गरिनेछ । यसैगरि नवलपुर तर्फ गैडाकोट पुलचोकको गोपेश्वर महादेव मन्दिर, मौलाकालिका भगवती मन्दिर, वेदविद्याश्रम, शुकदेव भागवताश्रम, श्रीनिम्बाकाचार्य दर्शन केन्द्र, श्रीलक्ष्मीनृसिंह दिब्यधाम मन्दिर, बेसक्याम्प, केलादी क्षेत्र र हर्दी हुँदै पुनः तनहुँको देवपुरको साँढेबगर बौद्ध गुम्बा, भुबराह मन्दिर हुँदै मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा आई समापन हुने कार्यक्रम रहेको महेश संस्कृत गुरुकुल देवघाटका प्रधानाचार्य पौडेलले जानकारी दिए ।

    465841351_540434558623163_3889360260674098165_n.jpg

    उक्त महोत्सवमा देवघाटधामको पुर्ण परिक्रमा, सिद्ध हरिहर क्षेत्रको भ्रमण, प्रसिद्ध मौलाकाली भगततीको दर्शन, पवित्र नदीहरुको दर्शन, धार्मिक नगरी नारयणगढको भ्रमण, रमणीय पर्वतको परिक्रमा गर्दै बैदिक सनातन धर्म र संस्कृतीको प्रबद्र्धन र प्रचार प्रसारको मुख्य कार्यक्रम रहेको छ । उक्त छलफल कार्यक्रम राख्नुको मुख्य उद्देश्य गण्डकी परिक्रमा महोत्सव देवघाटको सान हो यस महोत्सवलाई सफल बनाउन देवघाटवासी सबैको दायित्व रहेको हुदाँ देवघाटमा रहेको सम्पूर्ण संघसंस्थाले महोत्सवलाई सफल बनाउन एकावद्वता हुनुपर्ने देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले बताउनु भयो ।

    466098936_540434998623119_6496698371063650234_n.jpg

    उक्त अन्तरक्रिया कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले गण्डकी परिक्रमा महोत्सव देवघाटवासीको एउटा पर्व हो यसलाई सबै मिलेर सफल पार्नुपर्ने बताउनु भयो । कुनै पनि जातजाति भाषा धर्म नभनि देवघाटवासीको हितको लागि सबै एकाबद्वता भइ अगाडि बढ्यो भने कार्यक्रम सफल हुने निर्देशक बरालले बताउनुभयो ।

    1667829530-HqVyQ.jpg

    सो कार्यक्रममा देवघाट-५ सदस्य बुद्धि बहादुर पाण्डे,धर्मार्थ अस्पताल देवघाटका इन्चार्ज भुवन सुवेदी,चक्रवर्ती मणिमुकुन्देश्वर टोलका सचिव रामहरि पुडासैनी,मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमका अध्यक्ष भवानी प्रसाद तिमिल्सिना,देवघाट गाउँपालिका कार्यक्रम अधिकृत कृष्णराज पन्त,उद्योग बाणिज्य संघ देवघाटका रोशन श्रेष्ठ,देवघाट क्षेत्री समाजका अध्यक्ष गणेश थापा,सन्दिप ढकाल,देवघाट सामाजिक संयन्त्र सचिव बल बहादुर क्षेत्री,देवपुर टोलका अध्यक्ष सुकु गुरूङ लगायतले परिक्रमाको विषयमा सुझाव सहित महोत्सवलाई कसरी भव्य बनाउन सकिन्छ भन्ने विषयमा आफ्नो भनाइ व्यक्त गर्नु भएको थियोे । साे कार्यक्रमकाे सहजिकरण देवघाट गाउँपालिकाका पर्यटन शाखाका हाेम बहादुर भारतीले गर्नुभएकाे थियाे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend