देवघाट मंसिर १०
देवघाट-५ स्थित रहेको देउती सामुदायिक वन उपभोक्ता समूहको २३ औँ वार्षिक साधारणसभा कार्यक्रम सम्पन्न भएको छ । सोमबार सामुदायिक वनको भवनमा उक्त सभा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रम देवघाट गाउँपालिकाका प्रवक्ता वडा-५ अध्यक्ष पुर्ण बहादुर कुँवरको प्रमुख अतिथ्यतामा भएको थियोे ।

उक्त कार्यक्रममा आफ्नो भनाइ राख्दै प्रमुख अतिथि पुर्ण बहादुर कुँवरले देवघाटको सामुदायिक वनले कतिपयले वन ऐन नबुझेर काम भद्रगोल पारेको छ र जतिपनि नियम बुझ्ने सामुदायिक वन छन् उनसहरूले निति नियम अनुसार राम्रो काम गर्दै आएको बताउनुभयो । साथै अध्यक्ष कुँवरले अब सामुदायिक वनले स्थानीय सरकार सँग सहकार्य र समन्वय गर्दै अगाडि बढ्यो भने उपभोक्ता र स्वयं जनताले उनिहरूको आवश्यकताका साथै विकासका कामहरू उपभोग गर्न पाउने बताउनुभयो ।

हरेक सामुदायिक वनले काम गर्दा वन ऐनलाई मध्येनजर गर्दै अगाडि बढ्यो भने सामुदायिक जस्तोसुकै अवस्थामा पनि समस्या नआउने सव-डिभिजन वन कार्यालय देवघाटका प्रमुख कृष्णप्रसाद भट्टले बताउनुभयो । उनले वनमा जथाभावी रूखविरूवा काटान गर्ने र सामुदायिक वनको आम्दानी जथाभावी प्रयोग गर्ने गर्दा विभिन्न समस्या आइपर्न सक्ने बताउदै यी विषयमा अध्यक्ष लगायत सबै उपभोक्ताहरू सक्रिय रहन आग्रह गर्नुभएको थियोे । उक्त कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश सचिव केशव चन्द्र न्यौपानेले सामुदायिक वनलाई राम्रोसँग अगाडि बढाउन सकियो भने सबैको लागि भलाइ हुने बताउनुभयो ।

उनले नियम विपरीत काम गरेको खण्डमा जोकोहीलाई पनि सजाय हुनुपर्छ र यदि विना गल्ती कोहिलाई पनि समस्या भागिदार बनाउन कदापि पाइदैन भने । सोही अवसरमा सचिव न्यौपानेले भने सामुदायिक वनलाई संरक्षण गरेर राख्न सकिने हो भने यसैबाट विकासका कामहरू पनि थुप्रै गर्न सकिन्छ ।

सो कार्यक्रममा देवघाट-५ सदस्य बुद्धि बहादुर पाण्डे,जिल्ला उपभोक्ता महासँघ तनहुँका सदस्य भोजराज नैनावस्ती, स्थानीय वन महासँघ देवघाटका अध्यक्ष प्रविण कार्की, कालिका सामुदायिक वनका अध्यक्ष कृष्णराज न्यौपाने,सीता सामुदायिक वनका अध्यक्ष भानुभक्त न्यौपाने,पूर्व वडा-५ सदस्य टुकनाथ अधिकारी लगायतको उपस्थिति रहेको थियोे । साथै २३ औँ वार्षिक साधारणसभाको अवसरमा वनका पूर्व अध्यक्ष लगायत विभिन्न विधामा सम्मान गरिएको थियोे ।
उक्त कार्यक्रम वनका अध्यक्ष सुर्य न्यौपानेको अध्यक्षतामा भएको थियोे ।



