देवघाट मंसिर १४
देवघाट-५ स्थित रहेको गोहीटार कृषि सहकारी संस्थाको १० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाको प्रमुख अतिथ्य तथा देवघाट गाउँपालिका सहकारी संयोजक कृष्णराज पन्तको विशिष्ट अतिथ्यताका सो कार्यक्रम भएको थियोे ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले यस सहकारीले विगत देखि नै धेरै कृषकहरूको लागि लाभकारी कदमहरू चाल्दै आएको बताउनुभयो । उनलेे सहकारीले पैसा मात्रै जम्मा गर्ने हैन कि समुदायमा पनि राम्रो छाप बसाएको बताउनुभयो । साथै अध्यक्ष थापाले आगमि दिनहरूमा पनि समाजको हितको लागि सहकारी मार्फत राम्रो कामहरू गर्दै अगाडि बढ्न अनुरोध गर्दै सहकारीको प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियोे र आगमि दिनहरूमा पनि सहकारीलाई देवघाट गाउँपालिकाको तर्फबाट रहने सहयोगहरू रहने प्रतिवद्वता व्यक्त गर्नु भएको थियोे ।

वि.स.२०७७ सालदेखि ०८० सम्म सहकारीको अध्यक्ष जस्तो गरिमामय पदमा रही सहकारीलाई आज यस स्थानमा ल्याउन महत्त्वपूर्ण भूमिका खेल्नु हुने निवर्तमान अध्यक्ष विष्णुप्रसाद सुवेदीलाई प्रसंशा पत्र मार्फत सम्मान गरिएको थियोे । त्यस्तै गरि सहकारीको दूध बिक्री वितरणमा उल्लेखनीय भूमिका निर्वाह गरिएको भन्दै न्यू लक्ष्मी डेरिका संचालक यज्ञराज पौडेल र गिरि किराना पसलका संचालक ईश्वरी प्रसाद गिरीलाई प्रशंसा पत्र मार्फत सम्मान गरिएको थियोे । साथै साधारणसभाको अवसरमा सहकारीले सबैभन्दा राम्रो गुणस्तर को दुध ल्याउने कृषक गिता पौडेललाई सम्मान गरिएको थियोे ।

त्यस्तै गरि सहकारीको दैनिक क्रियाकलापमा उदाहरणीय भूमिका निर्वाह गर्ने कृषक यज्ञराज न्यौपाने,गाई भैंसी दुवै पालन गरि धेरै मात्रमा दुध ल्याउने कृषक महेश्वर कडेल,नियमित सबैभन्दा टाढाबाट समयमा गुणस्तरको दुध ल्याउने कृषक तिलनाथ ढकाल,भैंसी पालनमा सहयोग पुर्याउन बीउ उत्पादनका लागि रागा पालन गर्ने सफल कृषक मोहनसिं घागालाई सम्मान गरिएको थियोे ।

उक्त कार्यक्रममा देवघाट गाउँपालिका सहकारी प्रमुख कृष्णराज पन्त,देवघाट बचत तथा ऋण सहकारीका अध्यक्ष अर्जुन अधिकारी,देवघाट पशु शाखाका अर्जुन सापकोटा,देवघाट कृषि शाखाका लेखराज निरौला,सहकारीका सल्लाहकार संयोजक हरिसरण पौडेल लगायतको उपस्थिति रहेको थियोे । सहकारीका उपाध्यक्ष प्रेमलाल दाहालले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा सहकारीका कोषाध्यक्ष बद्री प्रसाद मिश्रले संस्थाको आर्थिक तथा सामाजिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । साथै उक्त कार्यक्रम सहकारीका अध्यक्ष शरद चन्द्र पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियोे ।



