देवघाट मंसिर १५
नेपालकै पवित्र तीर्थस्थल देवघाटधाममा हरेक बर्ष लाग्ने बालाचतुर्दशी (शतबिज) छर्न भारत लगाएत विभिन्न देशबाट भक्तजनहरू देवघाट आउने गर्दछन ।

आज पनि देवताहरूले वासस्थान गर्ने देवघाटधाममा विभिन्न ठाउँबाट शतबिज छर्न भक्तजनहरू आएका थिए । यहाँ शतबिज छर्नको लागि भनेर आइतबार बेलुका नै देवघाट आएर भक्तजनहरू बस्ने गर्दछ । देवघाटधाममा हरेक वर्ष बालाचतुर्दशीको अघिल्लो रात आफ्नो पितृको नाममा बत्ती बालेर बगरमा जाग्राराम बस्ने गरिन्छ । सो रातभर बत्ती बालेर बसे वापत पितृ उद्दार हुने र बिहान सतबिज छरेर पितृलाई बुझाउने भनाइ पनि छ । देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले बालाचतुर्दशी मेला देवघाटमा भव्यताका साथ सम्पन्न भएको बताउनुभयो । उनले अघिल्लो वर्षको तुलनामा यो बर्ष तिर्थालु भक्तजनहरुको घुँईचो बढी रहेको बताउदैँ मेलालाई अघिल्लो वर्षमा भन्दा अलि फरक तरिकाले व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।

साथै टाढाटाढाबाट आउनु भएका भक्तजनहरुलाई स्नान गर्ने क्रममा कुनै समस्य सिर्जना नहोस भन्ने उदेश्यले कडाइका साथ सुरक्षाकर्मी खटाइएको अध्यक्ष थापाले बताउनु भयो । चतुर्दशीको अघिल्लो रात आइतबार दिवङ्गत पितृका नाममा महादीपदान गर्न लाखौँ भक्तजन यहाँ आएर रातभर जाग्राम गर्ने परम्परा रहेको छ । अध्यक्ष थापाले बालाचतुर्दर्शीको अघिल्लो रातभर गण्डकी र त्रिशुलीको वेणिसंगममा ठूलो संख्यामा भक्तजनहरु दियो बालेर जाग्राम बसेको जानकारी दिनुभएको थियोे । शतबिज छर्न यस वर्ष पनि देवघाट तनहुँ पट्टी र चितवन देवघाट गरि लगभग एक लाख भक्तजनहरू भित्रीएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताउनु भयो । उनले आजका दिन देवघाटधामको त्रिशूली र कालीगण्डकीको संगम वेणीमा शतबीज छर्नाले दिवंगत आत्माले शिवलोकमा बास पाउने शास्त्रीय मान्यता रहेको समेत बताउनुभयो ।

देवघाटमा भक्तजन ठुलो संख्यामा आउने भएको हुदाँ सुरक्षा,बत्ती, शौचालयलगायत व्यवस्थापनमा समितिले सकेको व्यवस्थापन गरेको बरालले बताउनुभयो । साथै यसवर्ष भने अलि फरक कार्य देवघाट-५ वडा र देवघाट क्षेत्र विकास समितिको सहकार्यमा भक्तजनहरूलाई सहजताको लागि बगरमा टेन्ट टासिएको समेत निर्देशक बरालले जानकारी दिनुभएको थियोे । साथै भक्तजनलाई नदीमा आवतजावत गर्नका लागि डुङगाको व्यवस्था गरिएको थियोे । भक्तजनको संख्या पछिल्ला वर्षको सबैभन्दा बढी रहेको बताउदैँ दिवगंत परिवारका सदस्यहरूको सद्गतिको कामना गर्दै बालाचतुर्दशीमा शतबीज छर्न लगभग २/३ बजेसम्म छर्न भक्तजनहरू देवघाट आएका थिए ।

बालाचतुर्दशीको अघिल्लो रात देवघाट आई रातभरी बत्ती बाली भजनकिर्तन गाउने र बिहान सबेरै नुहाएर पुजा आजा गरेर शतबिज छर्दै घर फर्कने गरेको काठमाडौबाट शतबिज छर्न देवघाट आएकी राकेश अधिकारी बताउनुभयो । शतबिज छर्ने क्रममा भक्तजन मेलुका खत्रीले आफु पहिलोपटक देवघाटमा आएको बताउदैँ मेला व्यवस्थापनमा पहिलेको भन्दा यसवर्ष अलि सुधार आएको बताउनुभएको थियोे । देवघाटमा रातभर दियो बालेर जाग्राम बसी आज बिहान ३ बजेदेखि स्नान गरेर शतबीज छर्न थालिएको थियोे ।शतबीजमा धान,गहुँ,जौँ,कोदो,धान, हलेदो,सक्खरखण्ड लगायत चिजबीज मिसाएर छर्ने परम्परा रहेको छ ।



