देवघाट, मंसिर
देवघाटधाम जेसीज बर्ष २०२५ को लागि अध्यक्षमा प्रशन्न ढकाल निर्बिरोध निर्बाचित भएका छन् ।

आइतबार देवघाट स्थित नमस्ते गार्डेन रिसोर्टमा भएको देवघाटधाम जेसिजको तेस्रो अधिवेशबाट वर्ष २०२४ का महासचिव ढकाल वर्ष २०२५ को लागि अध्यक्षमा निर्वाचित भएका हुन् । सो अधिवेशनबाट जेसीजको कार्यकारिणी उपाध्यक्षमा माधब न्यौपाने,अर्का कार्यकारिणी उपाध्यक्षमा रक्षा कार्की,महासचिवमा अर्जुन सुवेदी,कोषाध्यक्षमा सुजन गुरुङ, कानुनी सल्लाहकारमा करिस्मा गुरुङ चयन भएका छन् ।

यसैगरी उपाध्यक्षहरुमा प्रधुम्न प्याकुरेल,सुस्मा गुरुङ, डा. सम्राट अधिकारी, अमृत सुवेदी तथा निर्देशकहरुमा अर्जुन सापकोटा, सन्तोष सुवेदी, सन्देश पौडेल र कर्ण बहादुर गुरुङ चयन भएका छन् । नयाँ निर्वाचित कार्य समितिको पदस्थापना पुसको तेस्रो साता हुने जनाईएको छ ।





