देवघाट पुस ५
तनहुँको देवघाटमा नेपाल ढकाल समाज प्रतिष्ठानको बृहत् राष्ट्रिय भेला कार्यक्रम शुक्रबारदेखि सुरू भएको छ । नेपाल ढकाल समाज राष्ट्रिय भेला सँगै " म बनाउछु मेरो कुल मन्दिर,म बनाउछु मेरो ढकाल घर" महा-अभियानमा समेत जुटेका छन् ।

आज पुस ५ गतेदेखि देवघाट-५ स्थित रहेको महेश सन्यास आश्रम परिसरमा सुरू गरिएको उक्त सम्मेलन पुस ६ गते समापन हुने नेपाल ढकाल समाज प्रतिष्ठानका केन्द्रीय अध्यक्ष टिकाराम शर्मा ढकालले जानकारी दिनुभयो । उनले नेपालभर विभिन्न स्थानमा बसोबास गर्दै आएका सम्पूर्ण ढकाललाई एकजुट बनाउन,एउटै मालामा जोडि बन्धुत्वको भावना विकासमा उन्नयन गर्ने उद्देश्यले नेपाल ढकाल समाज प्रतिष्ठान अगाडि बढेको बताउनुभयो ।

नेपाल ढकाल समाज प्रतिष्ठानले ढकाल समाज प्रतिष्ठानको केन्द्रीय स्तरको कुल मन्दिर,अनुसन्धान केन्द्र र ढकाल आश्रम बनाउनको लागि देवघाट-५ सेति भतेरीमा ६ रोपनि,२ आना,२ पैसा र २ दान क्षेत्रफलको जमिन समेत खरिद गरिसकेको छ । सो कार्यक्रम गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालको प्रमुख आतिथ्यतामा भएको थियोे ।

साथै सो कार्यक्रम माननीय बागमती प्रदेश ख संसद ठाकुर प्रसाद ढकाल र पशुपति क्षेत्र विकास कोष सदस्य हरिनाथ ढकालको विशेष आतिथ्यतामा भएको उक्त कार्यक्रममा देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष पूर्ण बहादुर कुँवर लगायतको उपस्थिति रहेको थियोे । साथै उक्त कार्यक्रममा नेपाल ढकाल समाज प्रतिष्ठानले प्रकाशन गरेको महर्षि उपमन्यु र ढकाल सन्देश दुई पुस्तकको लोकार्पण समेत गरिएको थियोे ।

यो दुई दिनको अवधिमा ढकाल समाजको राष्ट्रिय भेलाका साथै केन्द्रीय सञ्चालक समितिको पूर्ण बैठक समेत सम्पन्न हुने भएको छ । उक्त कार्यक्रम सचिवालय सदस्य तारापति ढकालले सहजिकरण गर्नुभएको थियोे । उक्त राष्ट्रिय सभामा ६५ भन्दा बढि जिल्लाका ढकाल आमाबुवा दाजुभाइ दिदिबहिनीहरू सहभागीता रहेको थिए ।




