तनहुँको देवघाट गाउँपालिका वडा नम्बर-५ बगन्दीमा करेन्ट लागेर मंगलबार ६८ बर्षीय सोमबहादुर गुरुङको मृत्युु भएको हो ।
बिजुलीको पोलको सर्पाेटको लागि टाँगिएको तारमा विद्युत सट भई करेन्ट प्रवाह हुँदा दिउँसो गोठालो गएका गुरुङको घटना स्थलमै मृत्यु भएको देवघाट गाउँपालिका वडा नम्बर ५ की वडा सदस्य कमला गुरुङले बिहानी मिडियालाई जानकारी दिएका थिइन।
नेपाल विद्युत प्राधिकरणको लापरवाहीको कारण सो घटना भएको हुँदा मृतक परिवारलाई क्षतीपुर्ती स्वरुप पाँच लाख रुपैयाँ प्राधिकरणले दिने वडा सदस्य गुरुङ बताइन्।