देवघाट माघ १०
देवघाट गाउँपालिका वडा नम्बर-५ क्युदी स्थित रहेको श्री कालिका माध्यमिक विद्यालयको ४६ औँ वार्षिकोत्सव कार्यक्रम बिहिवार सम्पन्न भएको छ । उक्त वार्षिकोत्सव कार्यक्रम कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष थापाले विद्यालयको नतिजा राम्रो निकाल्नको लागि शिक्षक,अभिभावक लगायत सबै शिक्षामा जोडिएका संस्थाहरू जिम्मेवारी हुनुपर्ने बताउनुभयो । साथै उनले विद्यार्थीलाई आवश्यक कुरा पुगेको छ कि छैन त्यो मतलव गर्दैन कि विद्यार्थीको रिजल्ट मात्रै राम्रो खोज्ने चलन छ अब त्यसलाई सुधार्नुपर्ने बताउनुभयो । देवघाट गाउँपालिका भित्र रहेको विद्यालयहरू मध्येका कालिका माध्यमिक विद्यालय एउटा नमुना विद्यालय बनाउनका लागी योग्य विद्यालय रहेको बताउनु भयो । उनले विद्यालयको शैक्षिक देखि भैतिक रूपमा अझै विकास हुदैँ जाने हो भने पछि कालिका माध्यमिक विद्यालय देवघाट गाउँपालिका भित्रको नमूना विद्यालय बन्ने आश्वासन दिनुभएको थियोे ।
बालबालिकाहरूको प्रमुख पाठशाला विद्यालय रहेको हुदाँ अभिभावकहरूले आफ्नो बालबच्चाहरूलाई दैनिक निगरानीमा राख्न अति आवश्यक र त्यो अभिभावकको जिम्मेवारी रहेको गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले बताउनुभयो । सोही अवसरमा जोड्दै उपाध्यक्ष गुरूङले देवघाट गाउँपालिकाभित्र कलेज निर्माण गर्ने विषयमा आफू सदैब सकारात्मक रहेको बताउदैँ आफ्नो व्यक्तिगत तर्फबाट र स्थानिय सरकारको तर्फबाट गर्नुपर्ने सहयोग निरन्तर रहने बताउनुभएको थियोे ।
साथै उक्त कार्यक्रममा देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष पुर्ण बहादुर कुँवरले आफ्नो भनाइ राख्दै देवघाट गाउँपालिकामा रहेका सरकारी विद्यालयहरू पनि प्राइभेट विद्यालय भन्दा कम नरहेको बताउनुभयो । अध्यक्ष कुँवरले देवघाटमा कलेज अति आवश्यक रहेको हुदाँ कलेज स्थापना गर्नको लागि के कस्तो कदम चाल्नुपर्छ आफु सधैव तत्पर र अग्रसर रहेको बताउनुभएको थियोे । साथै कार्यक्रममा वार्षिकोत्सको अवसरमा विभिन्न विधामा शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान पत्र मार्फत सम्मान गरिएको थियोे । विद्यालयका प्रधानाध्यापक ईन्द्रदेव तिवारीले विद्यालयको शैक्षिक वर्ष-२०८०/०८१ को प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।
सो कार्यक्रममा कार्यक्रममा देवघाट गाउँपालिका शिक्षा शाखा अधिकृत होमनाथ लामिछाने,वडा-५ का सदस्य सरस्वती परियार र याम बहादुर मगर,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,अभिभावक संघका पदाधिकारी,सल्लाहकार समितिका पदाधिकारी,शिक्षक शिक्षिकाहरू,विभिन्न संघ संस्थाको प्रतिनिधि लगायत अभिभावकहरूको सहभागीता रहेको थियोे । भने विद्यालयका शिक्षक राजु भुर्तेलले सञ्चालन गर्नु भएको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको थियोे ।



