देवघाट
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर-५ अन्तर्गत रहेको गैडाढुङ्गा सामुदायिक वन उपभोक्त समितिको आयोजनामा बुधबार विषेश साधारणसभा कार्यक्रम गरेको छ। सो कार्यक्रमलाई प्रमुख अतिथि देवघाट गाउँपालिका प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष पूर्ण बहादुर कुँवरले व्यानर पढेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष कुँवरले सामुदायिक वन भनेको समुदायमा मिलेर गर्ने कार्य भएको हुदाँ सबैले समुदायीक वनमा मिलेर विधान अनुसार कार्य गर्नु अनुरोध गर्नुभएको थियोे । हरेक क्षेत्रमा काम गर्दै जादा विभिन्न समस्याहरू आइपर्छ त्यस बेला समस्याको समाधान खोज्दै अगाडि बढ्न अध्यक्ष कुँवरले अनुरोध गर्नुभयो ।
उक्त कार्यक्रममा सामुदायिक वनका संस्थापक अध्यक्ष नवराज गुरूङ,क्वादी टोल विकास समितिका अध्यक्ष तिर्थलाल गुरूङ लगायत उपभोक्ताहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम सामुदायिक वनका सचिव करिष्मा गुरूङले सञ्चालन गरेका थिए भने सामुदायिक वनका अध्यक्ष नर बहादुर अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।



