देवघाट फागुन १३
कालीगन्डकी नदी डाइभर्सनको बारेमा मंगलबार देवघाटमा सरोकारवालाहरुको विचमा अन्तरक्रिया कार्यक्रम भएको छ । कालीगन्डकी नदीको संरक्षण र कालीगण्डकी डाइभर्सनले पार्ने असर र प्रभावको बारेमा देवघाटबासीहरुसँग छलफल गर्ने उद्देश्यले नेपाल सन्त समाजको आह्वान र देवघाट गाउँपालिकाको समन्वयमा उक्त कार्यक्रम आयोजना भएको थियोे ।

देवघाट-५ स्थित गलेश्वर आश्रम परिससरमा भएको उक्त कार्यक्रममा आज तनहुँ क्षेत्र नम्बर २ का सांसद माननीय शंकर भण्डारीले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियोे । प्रमुख अतिथि सांसद भण्डारीले अन्तरक्रिया कार्यक्रममा कालीगण्डकी डाइभर्सनको विषयमा आफ्नो भनाइ राख्दै कालीगण्डकी डाइभर्सनले देवघाटलाई सखाप पार्छ भन्दै यो डाइभर्सन कुनैपनि हालतमा स्वीकार्य नरहने बताउनुभएको छ ।

कालीगण्डकी नदीले विश्वमै विशेष धार्मिक महत्व बोकेको हुँदा त्यसलाई जोगाएर राख्नुपर्नेमा सांसद भण्डारीको जोड दिनुभएको थियोे । कालीगण्डकी नदीलाई डाइभर्सन गरेको खण्डमा देवघाट हुनुको अस्तित्व नै नरहने सांसद भण्डारीको भनाई थियो । कालीगण्डकी डाइभर्सन गर्दा विश्वभरिका हिन्दूहरुको भावनामा खेलवाड हुने र कालीगण्डकी माताको सभ्यता नै नाश भएर जाने भएको हुदाँ यसको अस्तित्वलाई बचाइ राख्नु आम नेपालीहरूको कर्तव्य हो भन्दै कालीगण्डकी डाइभर्सन रोक्नका लागि आफ्नो व्यक्तिगत तर्फबाट गर्नुपर्ने कामहरूमा भूमिका निर्वाह गरिरहेको र आगमि दिनहरूमा पनि आफ्नो भुमिका रहने प्रतिवद्वता गर्नुभएको थियोे ।

साथै यस कालीगण्डकी डाइभर्सन रोक्नको लागि सबैजना एकजुट भएर अगाडि बढ्नुपर्ने सांसद भण्डारीले भनाइ छ । सो कार्यक्रममा गलेश्वर आश्रमका महामण्डलेश्वर श्री १००८ स्वामी आत्मानन्द गिरिजी महाराजले कालीगण्डकी नदी देवघाटको "माता" हो भन्दै यसको संरक्षणको मुख्य पात्र नै देवघाटवासी रहेको हुदाँ डाइभर्सन गर्न नदिन सबैजना लागि पर्नुपर्ने बताउनुभयो ।

महेश सन्यास आश्रमका पिठाधीस श्री १००८ स्वामी रमाणनन्द गिरिजी महाराजले कालीगण्डकी नदी देवघाटको अस्तित्व रहेको बताउनुभएको छ । फेरि दोस्रो पटक कालीनदीलाई डाइभर्सन गर्ने कुरो चलिरहेको छ त्यो कदापि सम्भव छैन भन्दै कालीगण्डकी नदी जोगाउनको लागि जस्तो कदम चाल्न पनि तत्पर रहेको महाराजको भनाइ रहेको छ । साथै काली नदीको विषयमा अनबिज्ञ रहेका व्यक्तिहरूले मात्रै कालीगण्डकी नदीको डाइभर्सन गर्न अग्रसर रहेको हो र त्यो कदापि सफल हुदैँन देवघाटका सन्तमनहरूको भनाइ रहेको छ ।

कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापा,वडा नम्बर-५ का अध्यक्ष पूर्ण बहादुर कुँवर,वडा-५ सदस्य कमला गुरूङ लगायत विभिन्न संघसंस्थामा आवद्ध रहेको प्रतिनिधिहरूको सहभागीता रहेको थियोे । साथै नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर आश्रमका पिठाधिस श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज अध्यक्षतामा भएको थियोे । भने देवघाटका समाजसेवी कुलचन्द्र न्यौपाने र रामनाथ मिश्रले कालीगण्डकी डाइभर्सन देवघाटको बिनास हो यो कुनै पनि कालखण्डमा सफल हुन दिनु हुदैन भन्ने विषयमा आफ्नो भनाइ राख्नुभएको थियोे । सो कार्यक्रम महेश सन्यास आश्रमका प्राचार्य फरिन्द्र प्रसाद पौडेलले सञ्चालन गर्नुभएको थियोे ।



