देवघाट तनहुँ:२०७९ जेठ ३१ गते करिस्मा गुरुङ
तनहुँको देवघाट गाउँपालिकाको सभा हलमा पालिकाको नीति तथा कार्यक्रम तर्जुमा पुर्व सरोकार वालाहरूसँग राय सुझाव संकलन तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिल वहादुर थापाको संयोजकत्वमा आ. व. ०७९/८० का लागि वार्षिक नीति तथा कार्यक्रमका लागि राय सुझाव संकलन सम्बन्धि छलफल कार्यक्रम आज पालिकाको सभाहलमा भएको थियो । सोहि क्रममा बोल्दै अध्यक्ष थापाले यो वर्ष वडा स्तरबाट आएका साना-साना योजनाहरूको पुर्ण रूपमा अध्ययन गरेर मात्रै अगाडि बढाउने बताउनु भएको छ । थापाले राय सुझाव दिनुहुने सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद दिदैँ टुक्रे(साना) योजनाहरूलाई सहि तरिकाले अगाडि बढाउदैँ भोलि आउने ठूलो योजनालाई समेत टेवा पुर्याउने हिसाबले अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले सम्पूर्ण वडाहरूमा योजना संकलन गर्ने कार्य भैरहेको जानकारी गराउदैँ आज योजना संकलनको अन्तिम दिन रहेको जानकारी समेत गराउनु भयो । उहाँले सम्पूर्ण वडाबाट आएका योजनाहरूलाई सूक्ष्म ढंगबाट अध्ययन गरि कार्यान्वयन गर्ने बताउनु भयो।

सो कार्यक्रममा देवघाट गाउँपालिकाका प्रशासकीय रमेश सुवेदी, देवघाट गाउँपालिकाका लेखा अधिकृत उमानाथ ढकाल, देवघाट गाउँपालिका वडा नम्बर ५ का पुर्व अध्यक्ष याल वहादुर गुरूङ, देवघाटका गाउँपालिकाका नेकपा एमाले अध्यक्ष केशवचन्द्र न्यौपाने, देवघाट क्षेत्र बिकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेल, महिला सञ्जालका अध्यक्ष सावित्री न्यौपाने,गण्डकी प्रदेश ख उप-सभापति राधा खनाल, नेपाली काङ्ग्रेस देवघाट गाउँपालिका उप-सभापति पुरूसोत्वम शर्मा, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य जयकृष्ण सुवेदी, जेष्ठ नागरिक देवघाटका अध्यक्ष बैकुण्ठ प्रसाद न्यौपाने, राप्रपा नेपाल देवघाट अध्यक्ष दिवाकर मिश्र, समाजसेवी रामनाथ मिश्र, सप्तगण्डकी सेवा केन्द्र देवघाटका अध्यक्ष ऋषिराम सुवेदी, युवा व्यक्ति उत्तम लामा लगाएतले राय एवं सुझाव राख्नुभएको थियो। साथै कार्यक्रममा देवघाट गाउँपालिका प्रशासन शाखा अधिकृत गोबिन्द पौडेल, प्रधानमन्त्री शाखा संयोजक धुर्व आचार्य, कार्यक्रम संयोजक कृष्णराज पन्त, जिन्सी शाखाका दुर्गा राना लगाएत उपस्थिति रहेको थियोे ।




