कैलालीमा २५ वर्षीय युवकलाई रुखमा बाँधेर नग्न बनाई घाँटी रेटेर विभत्स हत्या

images
  • 182
    SHARES
  • पौष ५, २०७८ सोमबार
    कैलालीमा २५ वर्षीय युवकलाई रुखमा बाँधेर नग्न बनाई घाँटी रेटेर विभत्स हत्या
    images

    ४ पुस, धनगढी । कैलालीमा एक युवकलाई रुखमा बाँधेर नग्न बनाई घाँटी रेटेर विभत्स हत्या भएको छ ।

    कैलालीको जानकी गाउँपालिकामा २५ वर्षीय २५ वर्षीय अरुण दासको घाँटी रेटेर बीभत्स हत्या भएको हो । जानकी–९, का २५ वर्षीय अरुण दासको धारिलो हतियारले घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।

    1.jpg

    स्थानीय अमरावती सामुदायिक वनमा दासको घाँटी रेटेर शरीरबाट टाउको अलग गरिएको अवस्थामा शव  फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक बेदप्रकाश जोशीले बताए । रुखको फेदमा बाँधेर नग्न बनाएर धारिलो हतियारले घाँटी छिनालिएको अवस्था शव फेला परेको बुझिएको छ ।

    जङ्गलमा घाँस काट्न गएका महिलाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार घटनास्थल जङ्गलभित्र बाटोबाट करीब पाँच सय मिटर भित्र रहेको छ ।

    अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रदेश अनुसन्धान समूहको टीम र जिल्ला प्रहरी कार्यालयको टोलि खटिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend