तिन वर्षमा सम्पन्न हुनुपर्ने ठिमुरा र देवघाट जोड्ने पुल आठ वर्षमा ६० प्रतिशत:ठेकेदारको ढिलासुस्ती

images
  • 298
    SHARES
  • माघ २८, २०७९ शनिबार
    तिन वर्षमा सम्पन्न हुनुपर्ने  ठिमुरा र देवघाट जोड्ने पुल आठ वर्षमा ६० प्रतिशत:ठेकेदारको ढिलासुस्ती
    images

    देवघाट तनहुँ:माघ २८

    देवघाट ठिमुरा जोड्ने पुलको निर्माण कार्य आठ वर्षमा ६० प्रतिशत मात्रै काम भएको छ। सम्झौता अनुसार पुलको निर्माण कार्य तिन वर्षमा निर्माण सम्पन्न भइसक्नुपर्ने थियो।उक्त पुलमा ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण दुई पटक सम्म भत्किएको थियो भने तिन मजदुरको ज्यान समेत लिएको छ।

    त्रिशुली नदीमाथि बनेको चितवनको ठिमुरा र देवघाटको घिनटार जोड्ने यो पुलको अन्तिम म्याद आगामी चैत्रमा सकिदै छ। यद्यपि चैतमा पनि पुल निर्माण सम्पन्न हुने देखिदैन। सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर रमेशप्रसाद पौडेलका अनुसार चालु आर्थिक वर्ष २०७९/८० भित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ।२१ करोड ६८ लाख रुपैयाँमा पुल निर्माण गर्न इलाईट एड्भेन्चर इन्द्रेणी जेभी संग २०७१ कार्तिकमा सम्झौता भएको थियो।दुई पटक सम्म पुल भत्किएर तिन मजदुरको ज्यान गए पछि गठित छानवीन समितले समयमै 'प्रिस्टेस' गर्न नसक्दा पुल भत्किएको प्रतिवेदन दिएको थियो। अहिले पुल निर्माणले राम्रो गति लिएको सडक डिभिजन प्रमुख पौडेल बताउँछन्।330653501_940448493616578_9097150180743490399_n.jpg

    'यो पूल दुईपटक भत्कियो।यसपटक हामी गम्भीर भएर अध्ययन गरेर, प्रिजेन्टेसन गरेर विज्ञहरुको सरसल्लाह बमोजिम नै अहिले पुल बनिरहेको छ,सडक डिभिजन प्रमुखले भने। दुई पटक सम्म भत्केको यो पुलको निर्माण कम्पनी करिब ७ करोड रुपैयाँ घाट खाएर काम गरेको उनी बताउँछन्। आगामी असार मसान्तसम्म काम सक्ने आँकलन गरिएको उनले बताए।त्यसका लागि फेरि तिन महिना म्याद थप्नुपर्ने छ।'करिब ६० प्रतिशत काम बनेको छ,अब ४० प्रतिशतलाई धेरै समय लाग्दैन 'उनले भने,'ठेकेदारले ५० प्रतिशत अर्थात करिब १२ करोड रुपैयाँ भुक्तानी लगिसकेको छ।' पुलमा ४ वटा स्पानमा आरसिसि हाल्नुपर्नेमा दुईवटामा भइसकेको र बाँकी दुईवटा बाँकी रहेको उनको भनाई छ। 'अब बाँकी एउटा ४० मिटरको आरसिसिको स्पान हाल्ने काम,अर्को ८० मिटरको स्टिलको ट्रस ब्रेिज हाल्ने काम हो,उनले भने,एउटा आरसिसिको काम हुँदै छ,फागुनको एक/दुई गते ढलान हुन्छ।

    329541600_3399251647058047_256075519236323880_n.jpg

    त्यसको केबल तान्ने २८ दिनपछि हो,फागुन मसान्तसम्म आरसिसिको काम सकिन्छ।' स्टिलको ट्रस ब्रेिजको काम मुख्य भएकाले कार्यतालिका अनुसार नै हुने उनले बताए। 'चैत्र मसान्त भित्र मेन स्टिल ब्रेिजको काम सक्ने टर्गेट छ। त्यसपछि खोला बढेपनि माथिको डेक ढलान गर्ने समस्य हुँदैन,टेका लगाउने पनि पर्दैनन्'उनले भने। पुलका चार वटा स्पान हुन्छन्। कंक्रीट ४० र ४० मिटरका तीन वटा र स्टिलको एउटा ८० मिटरको स्पान रहन्छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend