देवघाटमा अखिल नेपाल महिला संघले कोण सभा तथा विरोध र्‍याली गर्ने

images
  • 287
    SHARES
  • श्रावण २८, २०७९ शनिबार
    देवघाटमा अखिल नेपाल महिला संघले कोण सभा तथा विरोध र्‍याली गर्ने
    images

    देवघाट तनहुँ : साउन २८ करिस्मा गुरुङ

    तनहुँको देवघाटमा अखिल नेपाल महिला संघको आयोजना भोलि कोण सभा तथा विरोध र्यालि प्रदर्शन कार्यक्रम हुने भएको छ ।

    भ्रष्टाचार, महङ्गी, नागरिक विधेयक साथै देवघाट गाउँपालिकामा कार्यरत कर्मचारीहरू माथी राजनितीक पुर्वाग्रह राखि खाइपाइ आएको जागिरबाट हटाइको भन्दै अन्याय र अत्याचार विरूद्वमा कोषसभा तथा विरोध र्‍याली प्रदर्शन कार्यक्रमको आयोजनाना गरिएको अखिल नेपाल महिला सँघका अध्यक्ष सावित्री न्यौपानेले बताए ।

    सो कार्यक्रममा नेकपा एमाले देवघाटका जिल्ला कमिटिका सम्पुर्ण सदस्यहरू, जिल्ला परिषदका सल्लाहकार सदस्यहरु ,बुद्धिजीवी परिषदका सदस्यहरु , युवा संघ जिल्ला कमिटी सदस्यहरु,अ.ने. म. संघ जिल्ला कमिटी सदस्यहरु,नेकपा एमाले देवघाट गाउँपलिका कमिटीका पदाधिकारीहरू साथै वडा टोल कमिटीका पदाधिकारीहरू न्यायप्रेमि जनसमुदायलाई भोलि देवघाट ५ नम्बर वडा टाउन चोकमा ठिक बिहान ११:०० बजेको समयमा उपस्तिथित हुन अध्यक्ष न्यौपानेले अनुरोध समेत गरेका छन् ।
     
     
     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend