चितवन,२८ पुस । चितवनमा कोरोना संक्रमितको संख्या तिव्र गतिमा बढ्दै गएको छ । विगत केही दिनदेखी संक्रमितको संख्या दैनिक ५० को हाराहारीमा थपिएको थिए ।

आज भने संक्रमितको संख्या उच्च देखिएको छ स्वास्थ्य कार्यालय चितवनका अनुसार आज चितवनमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कार्यलयले सार्वजनिक गरेको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ४४१ जनाको कोरोना परिक्षण गर्दा पिसिआरबाट १० र एन्टिजेनबाट एक जनामा गरी कुल ८१ जनामा संक्रमण पुष्टि भएको हो । यस सँगै जिल्लाभर संक्रमितको संख्या २७ हजार ४४९ पुगेको छ ।
यता आज ३ जना कोरोनामुक्त भएका छन् । यस सँगै चितवनमा कोरोनामुक्त हुनेको संख्या २६ हजार ७७२ पुगेको छ ।



