सानेपामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

images
  • 172
    SHARES
  • चैत्र १३, २०७८ आइतबार
    सानेपामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु
    images

    ललितपुर, चैत १३-

    ललितपुरको सानेपामा शनिबार राति मोटरसाइकल अनियन्त्रीत भएर पल्टीदा एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ । सोही दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

    Accident.jpg

    मृत्यु हुनेमा धादिङ घर भई हाल महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरी जवान नविन न्यौपाने रहेका छन् ।

    गम्भीर घाइते भएका न्यौपानेको उपचारको क्रममा सानेपा स्थित स्टार अस्पतालमा राती सवा २ बजे मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते हुनेमा तनँहुको आबु खैरेनी घर भई हाल महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत प्रहरी जवान सुमन कुमार सिंह रहेका छन् । उनको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

    न्यौपाने र सिंह सवार रहेको बा ८३ प ८९८५ नम्बरको मोटरसाइकल गएराती सवा १ बजे नियन्त्रण गुमाएर पल्टीएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend