देवघाट ३ नम्बर वडा बासीलाई निस्सा वितरण

images
  • 412
    SHARES
  • आषाढ ३०, २०७९ बिहीबार
    देवघाट ३ नम्बर वडा बासीलाई निस्सा वितरण
    images

    देवघाट तनहुँ:असार ३० गते आशिक राना

    तनहुँको देवघाट गाउँपालिका ३ नम्बर वडा कार्यालयको आयोजनामा अव्यवस्थित बसोबासहरुका लागि निस्सा वितरण कार्यक्रम सम्पन्न भएको छ।

    jjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjj.jpg

    कार्यक्रम प्रमुख अतिथि देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले देवघाट गाउँपालिका वडा नम्बर ५ भित्र रहेका भूमिहीन दलित भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण पछि अव्यवस्थित बसोबासहरुको लागी निस्सा वितरण गरेको बताउनुभयो।साथै उपाध्यक्ष गुरुङले देवघाट गाउँपालिका ५ वटा वडाहरुमा क्रमिक रुपमा निस्सा वितरण कार्यक्रम भएको बताउदै उपाध्यक्ष गुरुङले देवघाट गाउँपालिकाको जनसमुदायको मनोभावनालाई बुझेर दिगो रुपमा बिकासका कार्यहरू अगाडी बढाउने समेत बताउनुभयो।

    yyyy.jpg

    सो कार्यक्रममा राष्ट्रिय भुमि आयोग देवघाट गाउँपालिका स्तरीय सहजीकरण समितिका सदस्य अर्जुन अधिकारीले देवघाट गाउँपालिकाका ५ वटा वडामा निस्सा वितरण पछि नापनक्साको काम अगाडी बढाई छिट्टै पुर्जा वितरण कार्यक्रम समेत हुने बताउनुभयो।

    w.jpg

    साथै अधिकारीले यहीँ २०७९ साल असार ३२ गते १नम्बर वडा कार्यालयको निस्सा वितरण कार्यक्रम पार्वती मा.विको प्राङ्गणमा रहने हुँदा उपस्थितिको लागी अनुरोध समेत गर्नुभयो छ।

    ttttttttttttttttttttttttttttt.jpg

    lllllllllllllllllllllllllllllllllllllllll.jpgllllllllllllllllllllllllllll.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend