देवघाट तनहुँ: २०७८ चैत २३ स्थानीय तहको निर्वाचन नजिकै संगै देशको विभिन्न स्थानीय तहहरु गाउँपालिका,नगर पालिका,उप-महानगर पालिका,महानगर पालिकाहरुमा विभिन्न पार्टीका उम्मेदवारहरुको आकांक्षी यतिबेला धेरै देखिएको छ।

यसै बीच देवघाट गाउँपालिकामा पनि नेकपा एमाले पार्टी बाट ६ जना आकांक्षी देखिएको छ। २०७४ को निर्वाचनमा गाउँपालिका अध्यक्ष,देवघाटका पाँच वडाहरु मध्य दुई वडा १ र ५ वडा अध्यक्षमा बिजयी भएको एमालेमा यस पटक गाउँपालिका अध्यक्षका उम्मेदवारको आकांक्षी भने धेरै देखिएको छ।
यस पटक हालका अध्यक्ष दुर्ग बहादुर थापामगर,नेकपा जिल्ला कमिटी सदस्यद्वय बाबुराम अधिकारी,शिवराज पौडेल,देवघाट गाउँ कमिटीका अध्यक्ष केशव चन्द्र न्यौपाने,गाउँ कमिटीका सचीव भिम बहादुर गुरुङ र ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङ देवघाट गाउँ पालिकाको अध्यक्षमा आकांक्षी देखिएको छ। तेस्तै उपाध्यक्ष भने अनेम संघ देवघाट अध्यक्ष सावित्री न्यौपाने,अनेमा संघका जिल्ला सदस्य जुलिमायाँ सारुमगर र देवघाट ५ का वडा सदस्य ठाकुर कुमारी काफ्ले इच्छा जाहेर गरेका छन्।
आकांक्षी मध्य बाट आगामी २५ गते बस्ने गाउँ कमिटीको बैंठकले उम्मेदवार सिफारिस गर्ने गाउँ कमिटीका अध्यक्ष न्यौपाने बताएका छन्।



