देवघाट तनहुँ : साउन ११ गते
तनहुँको देवघाट गाँउपालिकामा प्रवचन एवं पुस्तक चर्चा कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४ औं स्मृति दिवसको अवसरमा देवघाटमा ५ सिटीहल क्युँदीमा कार्यक्रम गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पु. प्र. अध्यक्ष राम प्रसाद श्रेष्ठले मन्तव्य दिदैँ पुष्पलालको प्रवचन एवं हाम्रो सिर्जना त्रैमासिक पत्रिकाको पुस्तकको बिस्तृत चर्चा गर्दै कम्युनिस्टहरूको छुट्टै पहिचान छ त्यसमा सबै एकतावद्व भएर अघि बढ्यो भने मात्रै कम्युनिस्टमा एकता हुने बताए ।

देवघाट बुद्धिजीवी परिषद् तनहुँ र हाम्रो सिर्जना त्रैमासिक पत्रिकाको संयुक्त आयोजनामा गरिएको सो कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सल्लाहकार सदस्य हरी सापकोटा,वरिष्ठ समालोचक डि.आर पोखरेल, नेकपा एमाले वागमती प्रदेश सदस्य तेजेन्द्र खड्का,विद्यान कुशल बक्ता प्रेम रिमाल,यमुना न्यौपाने लगायतले पुष्पलालको प्रवचन एवं हाम्रो सिर्जना त्रैमासिक पत्रिकाको पुस्तकको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य कमला गुरूङ र सरस्वती परियार, नेकपा एमाले तनहुँ जिल्ला कमिटि सदस्य एवं देवघाट गाँउपालिका सह–इन्चार्ज बाबुराम अधिकारी, नेकपा एमाले देवघाट गाँउपालिका अध्यक्ष केशव चन्द्र न्यौपाने, उपाध्यक्ष भोजराज नैनावस्ती,देवघाट गाँउपालिका ५ का निर्वतमान वडाअध्यक्ष याल बहादुर गुरुङ,अखिल नेपाल महिला संघ देवघाट गाँउपालिका अध्यक्ष सावित्री न्यौपाने,राष्ट्रिय युवा संघ देवघाट अध्यक्ष सुकु गुरुङ, नेकपा माओवादी केन्द्र तनहुँ जिल्ला सदस्य जयकृष्ण सुवेदी, लगायतको बिशेष उपस्थिति रहेको थियो । सो कार्यक्रम देवघाट बुद्धिजीवी परिषद् तनहुँका उपाध्यक्ष शिवराज पौडेलले सहजीकरण गर्नुभएको कार्यक्रमको सभाअध्यक्ष देवघाट बुद्धिजीवी परिषद्का अध्यक्ष डाक्टर सुरेन्द्र प्रसाद श्रेष्ठले गर्नुभएको थियो ।




