देवघाटमा आउने तिर्थालु भक्तजनहरुलाई रोकेन निरन्तरको झरीवर्षाले

images
  • 276
    SHARES
  • श्रावण १६, २०७९ सोमबार
    देवघाटमा आउने तिर्थालु भक्तजनहरुलाई रोकेन निरन्तरको झरीवर्षाले
    images

    देवघाट तनहुँ : १६ गते सोमबार करिस्मा गुरुङ

    देवघाटमा आउने तिर्थालु भक्तजनहरुलाई रोकेन निरन्तरको झरीवर्षाले "मनैदेखि धर्म र आस्था राखेको व्यक्तिलाई केही चिजले पनि रोक्न सकिँदैन"भने झै तनहुँ,चितवन र नवलपुरको संगम स्थल वेणीमा बर्षौदेखि लाग्दै आइरहेको बोलबम मेलाको आज तेस्रो सोमबार भारी बर्षादका बाबजुद पनि तिर्थालु भक्तजनहरूको भिड लागेको छ ।

    vv.jpg

    देवघाटमा हरेक बर्षको साउन महिनामा लाग्ने यस बोलबम मेलाको लागि भनेर भक्तजनहरू आइतबार नै पुरै तयारीका साथ देवघाट आउने गरिन्थ्यो त्यसरी नै हिजोदेखि भारी वर्षादका कारण पनि देवघाटमा भक्तजनहरू आउने क्रम जारीसँगै र रातभरिको अविरल वर्षादले पनि केही असर नपुर्‍याइ विभिन्न जिल्लाबाट आएका भक्तजनहरूको आज देवघाटमा बिहानैदेखि नै घुइँचो थियोे ।

    vvvvvvvvvvvvvvvvv.jpg

    देवघाटधाम तिन वटा जिल्लाले घेरिएको सुन्दर नगरी वेणी संगममा स्नान/पुजाआर्चना गरे मार्फत आफ्नो मनोकामना पुरा हुन्छ भन्ने विश्वास र आस्था लिएर बोलबम मेला भर्नको लागी आन्तरिक तथा बाह्य श्रद्धालु भक्तजनहरु देवघाट आउने गर्दछ । देवघाट क्षेत्र विकास समितिका निमित्त कार्यलय प्रमुख पुष्पराज पौडेलले देवघाटमा बोलबम मेला विगत ९/१० वर्षदेखि सञ्चालन हुदैँ आइरहेको जानकारी गराउदैँ र यस क्षेत्रमा लाग्ने हरेक मेला पर्वमा देवघाट क्षेत्र विकास समितिले यहाँका विभिन्न सँघ सँस्थाहरूसँग समन्वय गर्दै मेला व्यवस्थापन गर्दै आइरहेको बताए ।

    ghb.jpg

    अधिकारीले कोभिडले विगत दुई वर्ष देवघाटका मुख्य मेला पर्वहरू हुन नसकेको जानकारी दिदैँ अहिले साउनबाट भने पहिले जस्तै मेला पर्वहरूलाई व्यवस्थित तरिकाले सञ्चालन गरेको भने । उनले मेला भर्ना आएका भक्तजनहरूको केही अप्रिय घटना नघटोस् भनि स्थानीय बोटे जातिलाई उद्वारको लागि तयारीका साथ व्यवस्था गरिएको समेत बताए । मेलामा स्थानीय व्यापार व्यवसायीहरूलाई भने अलि व्यवस्थित तरिकाले लान नसकिएको र आउने दिनहरुमा व्यवस्थित गर्ने अधिकारीले बताए ।

    bbbbbbhg.jpg

    साथै झरीवर्षाद भइ रहदा पनि कुनै प्रभाव नगरी २० हजार भक्तजनहरू देवघाटमा आएको बताए । देवघाट क्षेत्र विकास समितिको योजना प्रमुख किरण राज पौडेलको अनुसार भने देवघाट क्षेत्रमा लाग्ने हरेक मेला पर्वमा आज भन्दा पहिले अस्थायी रूपमा समिति गठन गरेर मेला व्यवस्थापन गरिरहेको थियो भने अब यसलाई परिवर्तन गरेर स्थायी रूपमा समिति गठन गरि अगाडि बढ्नु पर्ने बताए ।

    ppp.jpg

    पौडेलले देवघाटमा लाग्ने मेला पर्वहरुमा स्थानीय तहले भने व्यवस्थापनमा ध्यान नदेखाएको समेत बताए । श्रावण मेलामा लगातारको वर्षाले त्रिशूली नदि उर्लिएर तिर्थ स्नान गर्न र नुहाउन आएका भक्तजनहरूलाई केही असहज भने भएका थिए भने नदिको बाहव बढे सँगै तिर्थालु भक्तजनहरूलाई केही समस्या नहोस भनि कडाईका साथ सुरक्षा प्रदान गरेको देवघाट इलाका प्रहरी कार्यलयका वरिष्ठ प्रहरी नायव निरिक्षक हरि नारायण श्रेष्ठले जानकारी दिनुभएको थियोे ।

    gggg.jpg

    साउन महिना र सोमबार भगवान् शिवको बर पाइन्छ र यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले आफ्नो मनको शान्ति हुनुका साथै आफ्नो परिवारमा खुसी छाउछ भन्ने धार्मिक विश्वासका साथ साथै पवित्रा तिर्थास्थल देवघाटमा स्नान गर्न आएको भक्तजनहरूले बताएका थिए । सोहि स्नान क्रममा पर्साका सीता अधिकारीले बोलबम मेलामा देवघाटमा हरेक बर्ष आइरहेको छु भन्दै आफ्नो मनको शान्ति र आनन्दको लागि श्रावणको महिनै भरि आफु साकाहारी भएर सोमबारको दिन ब्रत बस्दै आएको बताए । उनले पवित्र स्थल देवघाटमा पुग्न पाए मात्रै पनि पवित्र हुन्छ भन्ने मान्याता राख्दै देवघाट आउने गरेको भने ।

    lll.jpg

    चितवन रामपुरबाट स्नान गर्न आउनु भएकी रीतु पन्तले आफु साउनको हरेक सोमबार सबेरै उठेर देवघाट गई बिहान शिवजीको दर्शन गरेर हरेक वर्ष व्रत बस्दैँ आइरहेको बताउदैँ आज आफू देवघाटका प्रसिद्ध मन्दिरहरु ,शिवालय र वेणी संगम स्नान गरेर मात्रै आफु घर फर्कने बताईन ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend